इन्फो नेपाल — सञ्चारको सञ्जाल

अब शिक्षकको तलब ३१ हजार २९६ देखि ६८ हजार १४५ सम्म

काठमाडौं: काठमाडौं महानगरपालिकामा सामुदायिक विद्यालय सरह निजी विद्यालयका शिक्षकहरुको तलब बढेको छ । महानगरपालिकाका मेयर बालेन्द्र साहले महानगरभित्रका संस्थागत विद्यालयमा कार्यरत शिक्षकको लागि नयाँ तलबदर तोकेका हुन् । मेयर साहले सामाजिक सञ्जाल मार्फत भनेका छन्– ‘काठमाडौं महानगरपालिकामा संस्थागत ( निजि / Private ) विद्यालयको शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको छ। तर ‘शिक्षा ऐन, २०२८’ को दफा १२(७)(छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ। यस्तै काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको छ।’ मेयर साहले अगाडि भनेका छन् - 'सोही बमोजिम काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरूले प्राप्त गर्ने निम्न अनुसारको तलब सुविधा संस्थागत विद्यालयको शिक्षकलाई पनि प्राप्त गराउन काठमाडौं महानगरपालिकाका सम्पूर्ण संस्थागत विद्यालयहरूलाई सूचित गरिन्छ।' मेयर साहले सार्वजनिक गरेको तलबमानमा पद र श्रेणी अनुसारको तलब तोकी सुरुको तलब र काम हुने जम्मा तलबको दर तोकिएको छ । उनले माध्यमिक, निम्न माध्यमिक र प्राथमिक गरी तीनवटै तहका विद्यालयका शिक्षकको तलब दर तोकेका छन् । यससँगै अब शिक्षकको तलब न्यूनतम ३१ हजार २९६ देखि अधिकतम ६८ हजार १४५ सम्म पुगेको छ । नयाँ तोकिए अनुसारको तलब नपाएमा महानगरपालिकामा सम्पर्क राख्न उनले आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क