इन्फो नेपाल — सञ्चारको सञ्जाल

अमेरिकासँग ऋण र अनुदान सहयोग नलिने भन्ने कुरै हुँदैन : दाहाल

धनगढी — नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतमा देखिएको समस्याले केही दिनभित्रै समाधान हुने बताएका छन् । उनले सर्वोच्च अदालत जस्ता गरिमामय संस्थामा समस्या देखिनु राम्रो नभएकोले छिटो भन्दा छिटो समाधान हुनु पर्ने बताएका छन् । बुधबार कैलाली विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष दाहालले सकभर अदालत आफैंले समस्या समाधान गर्नु पर्ने सरकारमा रहेका गठबन्धन दलहरूको सोच रहेको बताउँदै उनले सम्भव नभए गठबन्धनको बैठक बसेर यसबारे के गर्ने भन्ने छलफल गरेर निकासका लागि पहल गरिने बताए । ‘सर्वोच्चको समस्या ठूलो समस्या हुन्छ भन्ने लागेको छैन,’ उनले भने । अध्यक्ष दाहालले एमसीसीका सम्बन्धमा हालै अमेरिकी विदेश सहायक मन्त्री नेपाल आएका बखत यसबारेमा खुलेरै छलफल भएको बताए । ‘अमेरिकासँग ऋण र अनुदान सहयोग नलिने भन्ने कुरै हुँदैन,’ उनले भने, ‘छलफल गम्भीर ढंगले चलेको छ, जनतामा उठिरहेका प्रश्नको जवाफ नदिएर ऋण अनुदान नलिने, फिर्ता लैजाउ भन्ने कसैको धारणा छैन ।’उनले यतिबेला राजनैतिक दलहरू अधिवेशन र सम्मेलनमा व्यस्त नभएको भए सबै दलहरूकाबीच यसबारे व्यापक छलफल हुने थियो, दलहरूको व्यस्तता सकिएपछि व्यापक रुपमा छलफल गरेर अगाडि बढने गठबन्धनमा छलफल भएको छ ।’ एमसीसीकै बारेमा अध्यक्ष दाहालले गठबन्धनभित्र सुरुमा भएको ओरिजनल सहमति तिर जाने कि भन्ने चर्चा पनि भएको छ । तर जनतामा व्यापक रुपमा चासो उठेको विषयमा दलहरू भित्र मात्र होइन, सञ्चार क्षेत्र, नागरिक समाज सबै प्रमुख दलहरूका बीचमा छलफल चलाएर अघि बढने गठबन्धनमा छलफल भएको उनले बताए । ‘एमसीसीका सम्बन्धमा लुकीछिपि केही हुँदैन,’ उनले भने ।अध्यक्ष दाहालले गठबन्धन दलको संयन्त्र बनाइएको विषयमा विभिन्न टीकाटिप्पणी भइरहेको भएपनि यो संयन्त्र सरकार भन्दा माथि नभएको र गठबन्धनदलकबीच आपसी समझदारी बलियो बनाउन बनाइएको दाबी गरे । उनले संयन्त्र बनेपछि गठबन्धन सरकारलाई आउने चुनावसमम लैजाने बाटो क्लियर भएको बताए । सरकारबारे भ्रम फैलाने अवस्था अन्त्य भएको उनले बताए । अध्यक्ष दाहालले आगामी निर्वाचनका सम्बन्धमा तीनै तहको एकैपटक गर्नै वा पहिले संघीय संसदको निर्वाचन गरेर पछि स्थानीय तहको गर्ने वा स्थानीय निर्वाचनपछि अन्य निर्वाचन गर्ने भन्नेबारे छलफल भइरहेको बताए । कैलालीको भजनी नगरपालिका लगायतका ठाउँमा हुने कार्यक्रमका लागि धनगढी आइपुगेका दाहालले प्रदेश सरकारबारेमा कुनै कुरा नउठेको बताए । ‘अहिले सरकार यताउता गर्ने चर्चा चलेको छैन,’ उनले भने ।-चित्रांग थापा

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क