इन्फो नेपाल — सञ्चारको सञ्जाल

अमेरिकी फाेटाेग्राफरले सगरमाथा क्षेत्रमा खिचेकाे भनिएकाे हिउँ चितुवाकाे तस्बिर 'फेक'

काठमाण्डाै – अमेरिकी फोटोग्राफर किटिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्बिर झुटाे अर्थात् 'फेक' भएको तथ्य बाहिरिएको छ । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा निकै चर्चा पाएको हिउँ चितुवाको फोटो 'फेक' भएको अलपाइन इन्टरनेशनल म्यागजिनले दाबी गरेको छ । अलपाइन इन्टरनेशनल हिमाली जीवन, प्रकृति र फोटोग्राफीका विज्ञहरूले चलाएको चर्चित म्यागजिन हो । पावलोस्कीले खिचेको भनिएका तस्बिरमा शङ्का लागेपछि म्यागजिनका विज्ञको टोलीले अध्ययन गरेको थियो । हिउँ चितुवा संयोगवश जो कसैले भेटेर तस्बिर खिच्न पाउने भए पनि तस्बिरको संरचना, प्रकाश, तिनीहरूको स्थान लगायतको सत्यतामा समस्या रहेको टोलीको निष्कर्ष छ । अलपाइन इन्टरनेशनल म्यागजिनले प्रकाशन गरेको एउटा लामो तथ्य जाँच रिपोर्टमा पावलोस्कीका तस्बिरहरू उत्कृष्ट भए पनि तिनीहरू प्राकृतिक नभइ 'फोटोशप' जस्ता सफ्टवेयर प्रयोग गरेर तयार पारिएको उल्लेख छ । रिपोर्टमा पावलाेस्की फोटोशप चलाउने काममा विज्ञ रहेको उल्लेख छ । किटिया पावलोस्कीले आफ्नो वेबपेज र इन्टाग्राममा फोटो सार्वजनिक गरेपछि नेपालमा रहेको अमेरिकी दूतावासको आधिकारिक फेसबुक पेजबाट समेत सार्वजनिक भएको थियो । अमेरिकी दूतावासले नै शेयर गरेपछि नेपालका सञ्चारमाध्ययम र सामाजिक सञ्जालमा हिउँ चितुवाको फोटो भाइरल भएको थियो ।

सम्बन्धित समाचार

विद्यालय तहका बालबालिकालाई एआई साक्षरताको प्रमाणपत्र दिने इयूको योजना

काठमाडाैँ । युरोपेली सङ्घ (इयू) ले विद्यालय तहका बालबालिकालाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी ज्ञान र सीप प्रदान गर्न ‘एआई साक्षरता’ प्रमाणपत्र कार्यक्रम सञ्चालन गर्ने भएको छ। त…

इन्फो डेस्क

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिद्वारा विदेशमा बस्ने नेपालीका लागि भाइटीकाको साइत सार्वजनिक

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको तिहार (२०८३) अन्तर्गत विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बी नेपालीहरूका लागि भाइटीकाको साइत सार्वजनिक गरेको छ। ​समितिले विभिन्न द…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘मुरासु’ प्रवेश, १ लाख ६० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारियाे

काठमाडाैँ। भारतको आन्ध्र प्रदेशस्थित नेल्लोर र नरसपुरबीचको तटीय क्षेत्रमा चक्रवात ‘मुरासु’ प्रवेश गरेको छ। भारतीय मौसम विभागका अनुसार चक्रवातका कारण सो क्षेत्रमा तीव्र हावाहुरी र भ…

इन्फो डेस्क