इन्फो नेपाल — सञ्चारको सञ्जाल

अर्डर गरे ३० वर्षपछि मात्र खान पाइने संसारकै दुर्लभ परिकार

काठमाडौं । अनलाइन मार्फत् होस् वा स्टोरमै गएर किन नहोस् । ठाउँका ठाउँ तत्कालै अर्डर गरेर खानेकुरा पाइने अहिलेको दुनियामा अर्डर गरेको खानेकुरा प्राप्त गर्न ३० वर्ष लाग्दछ भन्ने कुरा पत्याउन गाह्रो पर्दछ । तर केही खानेकुराहरु यति विशेष हुन्छन् कि तपाइँले त्यसको स्वाद चाख्न ३० वर्षसम्म कुर्नुपर्दछ । जापानमा एउटा परिवारले एक विशेष खानेकुरा तयार गर्दछ । संसारभर निकै लोकप्रिय रहेको सो खानेकुराको उत्पादन निकै कम र माग अत्यधिक भएका कारण अर्डर गरेको खानेकुरा प्राप्त हुनकै लागि ३० वर्ष लाग्दछ । उक्त परिकारको नाम 'Croquettes' हो । विशेष खालको आलु र मासुले बनेको उक्त परिकार जापानको आशिया परिवारले बनाउँदछ । यो एक खालको नास्ता अर्थात् स्न्याक्स हो । आशिया समुदायले पछिल्लो ९६ वर्षदेखि सो परिकार बनाएर आफैले बिक्रि गर्दै आएको छ । आशिया परिवारले सन् १९९९ मा पहिलोपटक अनलाइन स्टोर खोलेर अनलाइनमा समेत क्रोक्वेट्स बेच्न सुरु गरेको थियो । आफ्नो रैथाने परिकार मानिसहरुले पैसा खर्च गरेर किन्छन् भन्ने सुरुमा त उनीहरुलाई विश्वास नै थिएन। शिगेरु निट्टा आशिया परिवारको तेश्रो पुस्ताका सदस्य हुन् । उनले अहिले उक्त परिकारको व्यवसाय सम्हालिरहेका छन् । सिएनएनसँगको कुराकानीमा उनले Extreme Croquettes लाई प्रतिगोटा करीब अढाई सय रुपैयाँ बराबरको मूल्यमा बेच्ने गरेको र त्यसको मांशाहारी आइटमलाई प्रतिगोटा ३ सय रुपैयाँ भन्दा धेरै पर्ने गरेको बताएका छन् । यो परिकारलाई अझै स्वादिष्ट तथा सस्तो बनाउने कोसिश भैरहेको उनको भनाइ छ । सन् २०१६ देखि शिगेरुले खानेकुरा अर्डर गरेर पर्खाइमा रहेका मानिसहरुको सूचि थप्न बन्द गरेका थिए । किनकी त्यसबेला नै अर्डर गरेको खानेकुरा ग्राहकसामु पूराउनका लागि १४ वर्ष लाग्ने भएको थियो । सन् २०१७ मा आशिया पुनः एकपटक खुल्यो, तर त्यसबेला उक्त विशेष परिकारको मूल्य बढाइयो । शिगेरुका अनुसार हरेक हप्ता १४ सय वटा क्रोक्वेट्स उत्पादन गरिन्छ । त्यसैले आजको दिनमा यदि कसैले क्रोक्वेट्स अर्डर गर्यो भने त्यसको डेलिभरी हुनका लागि कम्तिमा पनि ३० वर्षसम्म पर्खिनुपर्दछ । एजेन्सी

सम्बन्धित समाचार

मकवानपुरको सेनवंश र कोशीसँगको ऐतिहासिक सम्बन्ध

मातृकाप्रसाद कोइराला हेटौँडा | पृथ्वीनारायण शाहले नेपाललाई एकीकरण गर्नु अघिसम्म यो भूभाग थुप्रै राज्यहरूमा विभाजित थियो। पश्चिममा बाइसी–चौबीसी राज्य, मध्यमा काठमाडौँ उपत्यकाका विभि…

इन्फो नेपाल संवाददाता

एउटा सामान्य मुसा बन्यो 'सुपरहिरो'

काठमाडौं |अफ्रिकाबाट प्रशिक्षण लिइएको एक विशेष जातको मुसा ‘रोनिन’ले बारूदी सुरुङ पत्ता लगाउने कार्यमा कीर्तिमान कायम गर्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएको छ। कम्बोडिय…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

तपाईं नझुकिनुहोस्, भोलि अप्रिल फुल्स डे!

काठमाडौं | अप्रिल १ अर्थात् अप्रिल फुल्स डे (April Fool's) भोलि परेको छ। प्रत्येक वर्ष अप्रिल पहिलो तारिखका दिन संसारभर मजाक, ठट्टा र झूटो समाचार फैलाउने परम्परा रहँदै आएको छ। इन्ट…

इन्फो नेपाल संवाददाता