इन्फो नेपाल — सञ्चारको सञ्जाल

अवरुद्ध कान्तिलोकपथ सडकखण्ड मर्मतपछि पुनः सुचारु

हेटौँडा | आइतबार बिहानको वर्षाले अवरुद्ध बनाएको हेटौंडा–ठिङ्गन–काठमाडौं जोड्ने छोटो दूरीको कान्तिलोकपथ सडकखण्ड मर्मतपछि दिउँसोबाट पुनः सञ्चालनमा आएको छ।

ललितपुरको बागमती गाउँपालिकास्थित बागमती खोलामा बनेको डाइभर्सन बाटो बिहान ६:१५ बजे बाढीले बगाएपछि सडक अवरुद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सम्बन्धित निकायको प्रयासमा मर्मत कार्य सम्पन्न गरी दिउँसो १२:४५ बजेबाट गाडी आवतजावत सम्भव भएको हो।

हाल सडकखण्डको मर्मत तथा सुधार कार्य भइरहेकाले आगामी जेठ १ गतेसम्म दैनिक बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ। सडक विभागले तोकिएको समयमा वैकल्पिक मार्ग प्रयोग गर्न सवारी चालकहरूलाई आग्रह गरेको छ।

यसअघि पनि वर्षाका कारण सो क्षेत्रको डाइभर्सन बारम्बार बग्ने गरेको छ, जसले गर्दा यात्रुहरूलाई सास्ती भोग्नु परेको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क