इन्फो नेपाल — सञ्चारको सञ्जाल

असोजदेखि डाक्टरले पाएनन् तलब

सिन्धुली: पछिल्लो समय सिन्धुली अस्पतालको सेवामा समस्या उत्पन्न हुँदै आएको छ । नागरिकले समयमा उचित सेवा नपाउने त छँदै छ, स्वास्थ्यकर्मीले समेत समयमा तलबसमेत पाउन नसक्दा अर्को समस्या थपिएको छ । सरकारी अस्पतालमा कार्यरत डाक्टरले नै समयमा तलब नपाएका गुनासा बाहिर आएका छ । असोजदेखि हालसम्म कार्यरत डाक्टरले तलब नपाएको गुनासो छ । छात्रवृत्ति करारमा सिन्धुली अस्पतालमा कार्यरत १४ डाक्टरले असोज, कात्तिक मंसिर र चाडबाड खर्च गरी चार महिनाको तलब नपाएको गुनासो गरेका छन् । बिरामीको उपचार गर्नुपर्ने डाक्टर आफ्नै पारिश्रमिकका लागि मन्त्रालय धाउनुपरेपछि अस्पतालको सेवामा समेत समस्या आएको छ । सिन्धुली अस्पतालमा ५ विशेषज्ञ, २ नर्सिङ स्टाफसहित १४ जनाले तलब पाउन सकेका छैनन् । उनीहरूले हालसम्मको पारिश्रमिक उपलब्ध गराइदिन अनुरोध गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेका समेत लेखेका छन् । यथाशीघ्र हालसम्मको पारिश्रमिक र दसैं–तिहारको खर्च उपलब्ध गराउन पत्रमार्फत माग गरिएको छ । स्वास्थ्य मन्त्रालयका सचिवलाई सम्बोधन गर्दै पत्र लेखेका स्वास्थ्यकर्मीले दैनिक गुजारा चलाउनसमेत समस्या भइरहेको उल्लेख गरिएको छ । हालसम्मको तबल मात्र मागेका छैनन्, उप्रान्त नियमित तथा सहज रूपमा समेत पारिश्रमिक व्यवस्था गरिदिन आग्रह गरेका उनीहरूले स्वास्थ्य विभाग, बाग्मती स्वास्थ्य मन्त्रालयलाई बोदार्थ दिएका छन् । छात्रवृति करारका स्वास्थ्यकर्मीलाई संघीय सरकारले तलब पठाउनुपर्ने हुन्छ । चार महिनादेखि सरकारले तलब नपठाएपछि डाक्टरले लिखित रूपमै तलब माग गरेका हुन् । सरकारले असोजदेखिको तलब नपठाएको सिन्धुली अस्पतालका डा. प्रेरित देवकोटा बताउँछन्् । उनका अनुसार देशभरका छात्रवृति करारका स्वास्थ्यकर्मीले तबल पाएका छैनन् । तलब नपाउनुको कारण भने जानकारी नभएको उनले बताए । सिन्धुली अस्पताल विकास समितिमा समेत आन्तरिक कोषमा पैसा अभाव भएका कारण सोध भर्ना गर्नेगरी पनि तलब खुवाउन नसकेको सिन्धुली अस्पताल विकास समिति अध्यक्ष सतिशचन्द्र ढकालले बताए । उनका अनुसार अस्पतालले दुई महिनाको तलब आन्तरिक कोषबाट खुवाए पनि ‘अब तलब खुवाउन सक्ने’ स्थिति छैन । ‘चाडबाड मान्नसमेत डाक्टरलाई अभाव भएपछि दुई महिनाको तलब खुवाएका हौं, स्वास्थ्य मन्त्रालयले तलब पठाएको छैन,’ ढकाल भन्छन्, ‘हामी तलब खुवाउन सक्ने अवस्थामा छैनौं ।’ डाक्टरको तलब मात्र हैन, बिमा रकमसमेत साउनदेखि भुक्तानी नहुँदा अस्पतालमा समस्या भएको ढकालले जानकारी दिए । अस्पतालमा सरकारले दिने निःशुल्क औषधिसमेत चालू आर्थिक वर्षमा आएको छैन ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क