इन्फो नेपाल — सञ्चारको सञ्जाल

अहिलेसम्म ४४ स्थानमा मतदान स्थगित, ३१ स्थलमा पुन: सञ्चालन

काठमाडौँ, प्रतिनिधिसभा तथा प्रदेशसभाका नयाँ सदस्य चुन्न आइतबार देशभरि मतदान भइरहेको छ। बिहान ७ बजेदेखि सुरू भएको मतदान बेलुकी ५ बजेसम्म जारी रहनेछ। निर्वाचन आयोगले जारी गरेको सूचनाअनुसार दिउँसो पौने १ बजेसम्म देशभरि ३२ प्रतिशत मतदान भएको छ। केही स्थानमा भने झडप हुँदा समयमै मतदान सुरू हुन सकेको छैन। नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो १ बजेसम्ममा २५ जिल्लाका ४४ मतदान स्थलमा झडपका कारण मतदान स्थगित भएको छ। ’४४ स्थानमा मतदान स्थगित भए पनि ३१ स्थलमा पुन: सञ्चालन भइसकेको छ। १५ ठाउँमा हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिइएको छ,’ प्रहरी प्रवक्ता टेकप्रसाद राईले भने। १३ मतदान स्थलमा भने मतदान सुरू हुन नसकेको प्रवक्ता राईले जानकारी दिए। प्रतिनिधि सभाका लागि १६५ निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि ३३० निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव हुँदैछ। चुनावमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले भाग लिँदै छन्। मतदान गर्न १० हजार ८ सय ९२ मतदान स्थलमा २२ हजार २ सय २७ मतदान केन्द्र निर्माण गरिएको निर्वाचन आयोगले जनाएको छ।

सम्बन्धित समाचार

निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा

काठमाडौँ | फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सरकारलाई तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप…

इन्फो नेपाल संवाददाता

ओली भन्छन् ‘रास्वपाले चुनाव भाँड्न खोज्यो’, प्रचण्ड भन्छन् ‘इतिहासले पन्छाएकाहरूले भ्रम फैलाइरहेका छन्’

काठमाडौं/झापा | प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सत्तारूढ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरूले चुनाव बिथोल्ने प्रयास भइरहेको दाबी गर्दै सुरक्षा, शान्ति र न…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रास्वपाले चुनाव भाँड्न खोजिरहेको छ : अध्यक्ष ओली

झापा | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन भाँड्ने र बिथोल्ने दिशातर्फ गतिविधि बढाएको आरोप लगाएका छन्। शनिबार झापाको भद्रपुर विम…

इन्फो नेपाल संवाददाता