इन्फो नेपाल — सञ्चारको सञ्जाल

आँखाको दृष्टि क्षमता बढाउने खानेकुरा

प्रविधिको विकाससँगै मानिसमा प्रकाशयुक्त इलेक्ट्रिक सामग्री चलाउन लत नै लागेको छ ।जसले मानिसको दृष्टि कमजोर पार्दछ । यस्तोमा भोजन र खानेकुराको माध्यमबाट दृष्टि क्षमता बढाउन सकिन्छ । जसका लागि निम्न खानेकुरा खान सकिन्छ । १. गाढा रङका हरिया सागपात गाढा रङ भएका सागपात जस्तै, सलाद पत्ता, पालुंगो र रायोमा धेरै मात्रामा भिटामिन सी र ई पाइन्छ । यसमा पाइने भिटामिन एले दृष्टिसम्बन्धी दीर्घकालीन रोगबाट जोगाउँछ । २. फर्सी खानामा फर्सी एउटा यस्तो स्रोत हो, जसबाट हामी वर्षैभरि भिटामिन सी, जिंक, भिटामिन ए र ओमेगा–३ फ्याटी एसिड प्राप्त गर्न सक्छौं, जुन दृष्टिका लागि अति आवश्यक पर्दछ । ३. अण्डा अण्डामा पाइने पोषक तत्वको पहेँलो–सुन्तला रङले रेटिनालाई हानिकारक नीलो प्रकाशबाट जोगाउँछ । साथै, दृष्टि क्षमता घट्न दिँदैन । ४. ब्रोकाउली ब्रोकाउलीमा बिटा क्यारोटिन, भिटामिन सी, ई र के, म्याग्नेसियम, फोस्फरस, पोटासियम र जिंक प्रचूर मात्रामा पाइन्छ । ५. सूर्यमुखीको बिउ र नट्स (बदाम) वयस्कले सूर्यमुखीको बिउ वा नट्स (बदाम, काजु, किसमिस आदि) दैनिक एक औंस खाएमा आवश्यक भिटामिन ‘ई’को आधा मात्रा प्राप्त हुने अमेरिकाको औषधि व्यवस्था विभागले उल्लेख गरेको छ । भिटामिन ईले अरु पोषक तत्वसँग मिलेर उमेर बढेसँगै विकास हुने दृष्टि कमजोरीको अवस्था आउन ढिलो पार्ने र रोकथाम गर्दछ । ६. रातो भेँडे खोर्सानी रातो भेँडे खोर्सानी भिटामिन सीको राम्रो स्रोत मानिन्छ । भिटामिन सीले आँखाका धमनी स्वस्थ राख्छ र मोतियाविन्दुको जोखिम घटाउँछ । ७. गेडागुडी र सिमी उच्च मात्रामा फाइबर तथा स्वस्थकर फ्याट प्राप्त गर्ने सर्वोत्तम स्रोत माछामासुपछि गेडागुडी र सिमी हो । फाइबर र स्वस्थकर फ्याटले अँध्यारोमा दृष्टि तिखो पार्दछ र एएमडीबाट पनि जोगाउँछ । ८. सखरखण्ड सखरखण्ड, गाँजर, आँप, आरु लगायत सुन्तला रंगका फलफूल र सागसब्जी आँखाकालागि अत्यन्त फाइदाजनक छन् । यिनमा उच्च मात्रामा ‘बिटा क्यारोटिन’ पाइन्छ, जुन भिटामिन एमा परिवर्तन हुन्छ र अँध्यारोमा हेर्न आँखालाई चाँडै अभ्यस्त बनाउँछ ।

सम्बन्धित समाचार

७४ जिल्लामा फैलिएको स्क्रब टाइफस : ज्वरो आए बेवास्ता नगर्न चिकित्सकको सुझाव

बागमती |नेपालमा स्क्रब टाइफसको संक्रमण ७४ जिल्लामा फैलिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो तथ्यांकसम्म ९ हजार ९…

इन्फो नेपाल संवाददाता

असारको अन्तिम दुई सातामा अनुगमन तीव्र, आठ व्यवसायलाई सात लाख ८० हजार जरिवाना

हेटौँडा । पिज्जामा साङ्ला भेटिएको उपभोक्ताको गुनासोदेखि अनुमतिबिनै सवारी चालक अनुमतिपत्रका सेवाग्राहीको स्वास्थ्य परीक्षण गरिएको घटनासम्मले असारको अन्तिम दुई साता मकवानपुरमा बजार त…

बसन्त भण्डारी

English

Natural Remedies for Viral Fever: Using Herbs and Spices

Viral infections can be a common disease for both adults and children, especially in times of climate change. Many viral diseases, such as the common cold and the flu, are contract…

Info Nepal

राति बत्ती बालेर सुत्ने बानीले मुटुरोगको जोखिम बढाउने

काठमाडौं | राति बत्ती बालेर सुत्ने बानीले मुटुसम्बन्धी रोगको जोखिम उल्लेखनीय रूपमा बढाउने तथ्य सार्वजनिक भएको छ। बेलायतका वैज्ञानिकहरूले यूके बायोबैंकका करिब ८९ हजार सहभागीहरूमाथि…

इन्फो नेपाल संवाददाता