इन्फो नेपाल — सञ्चारको सञ्जाल

आँखा पाक्ने रोग बढेपछि बिर्तामोड र भद्रपुरका विद्यालय सोमबारसम्म बन्द

सुनसरी / आँखा पाक्ने रोगका कारण बिर्तामोडका विद्यालयहरु सोमबारसम्म बन्द गर्ने निर्णय गरिएको छ । आँखा पाक्ने संक्रमणबाट धेरै विद्यार्थीहरु संक्रमित भएपछि बिर्तामोड नगर क्षेत्रका विद्यालयहरु आइतबार र सोमबार बन्द गर्ने नगरपालिकाले निर्णय गरेको हो । संक्रमण नभएका विद्यालयहरुको लागि विदा गर्नैपर्ने बाध्यता नराखिएको शिक्षा शाखाका अधिकृत केशर खवासले बताए । आँखा पाक्ने समस्या भएपछि संस्थागत विद्यालयका तर्फबाट नगर प्याव्सनले नगरपालिकामा गएर दुई दिन विद्यालय बन्द गर्न माग गरेको थियो । आँखा पाक्ने रोगका कारण बितामोडका केही विद्यालयहरुले आजदेखि नै पठनपाठन बन्द गरेका छन् । त्यस्तै, भद्रपुर नगर क्षेत्रका सबै संस्थागत विद्यालय आजदेखि बन्द गरिएको छ । आँखा पाक्ने रोगको प्रकोप फैलिएसँगै नगर क्षेत्रमा सबै संस्थागत विद्यालय बन्द गरिएको नगर शिक्षा शाखाले जनाएको छ । विद्यालयका प्रअहरु बिहीबार नगरपालिकासँग बैठक बसी छलफलमा साउन १९ देखि साउन २२ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको जनाइएको छ । सामुदायिक विद्यालयहरू बर्खे बिदा भई बुधबारदेखि मात्र सञ्चालनमा आएका हुनाले विद्यार्थीको अवस्थाबारे जानकारी हुन बाँकी रहेकोले सामुदायिक विद्यालय बन्द गर्ने निर्णय नभएको नगर शिक्षा शाखा राजकुमार ओडारीले जानकारी दिए ।

सम्बन्धित समाचार

किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी

हेटौँडा । सामान्यतया घरमा आमाबुबाले छोराछोरीलाई नयाँ कुरा सिकाउँछन्। तर हेटौँडा उपमहानगरपालिका–१८ हर्नामाडीकी सपना ढुङ्गानाको घरमा केही दिनअघि फरक अनुभव भयो। कक्षा ४ मा अध्ययनरत छो…

बसन्त भण्डारी

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क