इन्फो नेपाल — सञ्चारको सञ्जाल

आईसीसी टी–२० विश्व कप क्रिकेटमा आयरल्यान्डले इङ्ग्ल्यान्डलाई हरायो

काठमाडौं / आईसीसी टी–२० विश्व कप क्रिकेट मेलबर्नमा भएकाे खेलमा आयरल्यान्ड डकवर्थ लुइसले सुपर १२ काे खेलमा आयरल्यान्डले इङ्ग्ल्यान्डलाई पाँच रनले हराएकाे छ । आयरल्यान्डले दिएकाे एक सय ५८ रनकाे लक्ष्य पछ्याएकाे इङ्ग्ल्यान्डले १४ ओभर तीन बलमा पाँच विकेट गुमाएर एक सय पाँच रन बनाउँदा वर्षाका कारण खेल राेकिएकाे थियाे । खेल फेरि सुरु हुन नसकेपछि आयरल्यान्ड डकवर्थ लुइस नियमकाे आधारमा पाँच रनले विजयी भएकाे हाे । इङ्ग्ल्यान्डका लागि डेविड मलानले ३५ र माेइन अलीले नटआउट २४ रन बनाए । बलिङतर्फ आयरल्यान्डका जाेशुआ लिटिलले दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे आयरल्यान्डले १९ ओभर २ बलमा अलआउट हुँदै एक सय ५७ रन बनायाे । उसका एन्ड्रियु बालबर्नीले ६२ र लाेरकन टकरले ३४ रन बनाए । बलिङतर्फ इङ्ग्ल्यान्डका मार्क वुड र लायम लिभिङस्टाेनले तीन/तीन विकेट लिए ।

सम्बन्धित समाचार

एनपीएलको इलिमिनेटरमा आज चितवन र काठमाण्डौ खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाल…

इन्फो डेस्क

बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघ दर्ता छैनन्, पटक–पटकको सूचना बेवास्ता

मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघसंस्थाले दर्ता, आबद्धता तथा नवीकरण प्रक्रिया पूरा गरेका छैनन्। पटक–पटक सूचना जारी गरे पनि संघहरूले बेवास्ता गरेपछि परि…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल बेलुकी ५ बजे कीर्तिपुरको त्रिवि अ…

इन्फो डेस्क