इन्फो नेपाल — सञ्चारको सञ्जाल

आज यी ५ प्रदेशमा वर्षा हुने

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले आज पाँचवटा प्रदेशमा वर्षा हुने पूर्वानुमान गरेको छ। सुदूरपश्‍चिम, कर्णाली, गण्डकी, वागमती र कोशी प्रदेशमा वर्षा हुने विभागको अनुमान छ। सुदूरपश्‍चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै तथा गण्डकी, वागमती र कोशी प्रदेशका पहाडी भेगका १-२ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले त्यसबाट हुन सक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। पश्‍चिमी र स्थानीय वायुको प्रभावका कारण आज दिउँसो सुदूरपश्‍चिम, कर्णाली, लुम्बिनी, गण्डकी, वागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने विभागको पूर्वानुमान छ। सुदूरपश्‍चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै तथा गण्डकी, वागमती र कोशी प्रदेशका पहाडी भेगका १-२ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। आज राति देशभरको पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने अनुमान छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षा हुने सम्भावना पनि छ।

सम्बन्धित समाचार

कोशी र गण्डकीका हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडाैँ । आज कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै, आ…

इन्फो डेस्क

आज विराटनगरको हावा अत्यधिक दूषित,देशका धेरैजसो शहरमा प्रदूषण बढ्यो

काठमाण्डौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न सहरमा वायु प्रदूषणको मात्रा ह्वात्तै बढेको छ। आज बिहान देशका अन्य सहरहरूको तुलनामा विराटनगरको वायु सबैभन्दा बढी अस्वस्थ मापन गरिएको…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

अबको दुई हप्ता देशभर मौसम सफा रहने

काठमाडाैँ । पश्चिमी न्यूनचापीय प्रणाली निष्क्रिय भएसँगै अबको करिब दुई हप्तासम्म देशका अधिकांश स्थानको मौसम सफा रहने भएको छ। हिजो (आइतबार) केही स्थानमा वर्षा र हिमपात गराएको उक्त प्…

इन्फो डेस्क