इन्फो नेपाल — सञ्चारको सञ्जाल

आज वसन्त पञ्चमी: विद्याकी देवी सरस्वतीको पूजाआजा गरी मनाइँदै

सरस्वती पूजा अर्थात वसन्त पञ्चमी । वसन्त अर्थात ऋतुहरुको राजा । वसन्तको सुरुवात हुने भएकाले आजको दिनलाई वसन्त पञ्चमी भनिएको हो । आजको दिन हामी सबैको लागि विशेष दिन हो । किनभने आज हामी वाग्देवी अर्थात बोलिकी देवी सरस्वतीको पूजा उपासना गर्छौँ । उल्लासमय अवसरको रुपमा मनाउँछौँ । त्यसको अर्थ के होला रु सरस्वती स्वरुपले के अर्थ राख्छ ? श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, मुस्कुराइरहेकी, सवोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित, पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक र तेस्रोमा स्फटिकको माला र चौथो हात अभ मुद्रामा रहेकी देवी सरस्वती हुन् भनी शास्त्रमा उल्लेख छ । उनको प्रतिकात्मक चित्र, वहान, हातमा लिएका वाद्ययन्त्र सबैले खास अर्थ बोक्छन् ।उनले हातमा लिएको विणाबाट के पनि बुझिन्छ भने, जीवन धुन हो । यो मधुर हुनुपर्छ । लयवद्ध हुनुपर्छ । कलाले जीवनलाई संगीतमय बनाउँछ । पुस्तकले विद्याको र मालाले निष्ठा र सात्विकताको वोध गराउँछ । सरस्वतीको तस्विरसँगै मयुर देखिन्छ । मयुर सरस्वतीकी वहान हुन् । मयुरालाई सौन्दर्य एवं मधुर स्वरको प्रतिक मानिन्छ । विद्यानै मानिसको सौन्दर्य पनि हो । वार्षिक चक्र अनुसार बर्षभर नै विभिन्न चाडपर्व आउने गर्छ । यी पर्वले हाम्रो जीवनमा उल्लास मात्र ल्याउँदैन, खास अर्थ पनि राख्छ । कुनै न कुनै पर्व मनाउनुको पछाडि त्यसको सामाजिक तथा वैज्ञानिक महत्व हुन्छ । सरस्वती पूजा । यसलाई हामी ‘श्रीपञ्चमी’ भन्छौं । श्री अर्थात् शुभारम्भ , पूर्वीय मान्यता अनुसार कुनैपनि शुभ कार्य थालनीको लागि यो राम्रो साइत हो । त्यसैले यस दिन राम्रो काम प्रारम्भ गर्न अतिरिक्त साइत हेराइरहनुपर्दैन । त्यसैले त, यस दिन साना बच्चाहरुलाई अक्षर लेख्न सिकाइन्छ । अर्थात अक्षराम्भको उपयुक्त अवसर मानिन्छ । बसन्त पञ्चमी विद्यार्थीहरूको लागि धेरै विशेष छ। यस दिन माता सरस्वतीको पूजाआजा गर्नाले उज्ज्वल भविष्यको कामना पूरा हुन्छ । बसन्त पञ्चमीमा सरस्वती पूजा गर्ने शुभ समय र विधि जान्नुहोस् । बसन्त पञ्चमी ज्ञान दिने देवी सरस्वतीको पूजा गर्ने दिन हो। सबै प्रकारको धनमा ज्ञानलाई उत्तम मानिन्छ। शिक्षाबाट मात्र मानिसले धन र इज्जत पाउँछ। ज्ञान प्राप्तिको लागि माता सरस्वतीको आशीर्वाद धेरै महत्त्वपूर्ण छ। फागुन २ गते भाेलि बुधबारका दिन माता सरस्वतीको पूजा आराधना गरिँदैछ । शुभ समयमा गरिने पूजा र शुभ संयोगले दोब्बर फल प्राप्त हुने जनविश्वास छ । बसन्त पञ्चमीमा सरस्वती पूजा गर्ने विधि जान्नुहोस्। शुभ (उत्तम) - ११ : १२ बजेदेखि - १२ः ३५ बजेसम्म वसन्त पञ्चमीमा नुहाएर पहेँलो रङ्गको लुगा लगाउने । शुभ समयमा देवी सरस्वतीलाई बेसार चढाउनुहोस् र त्यो बेसारले आफ्नो पुस्तकमा 'ई' लेख्नुहोस्। कलम, औषधि र वाद्य यन्त्रको पनि पूजा गर्नुहोस्। यस दिन बच्चाको जिब्रोमा महले ‘अ’ लेख्नुपर्छ, यसो गर्नाले बच्चा ज्ञानी बन्ने, छिट्टै बोल्ने र छिट्टै शिक्षा सिक्न थाल्छ भन्ने मान्यता छ । देवी मातालाई पहेँलो फूल चढाउनुहोस्। हलुवा, खीर वा बेसारको लड्डु चढाउनुहोस्। माता सरस्वतीको जय जयकार गरौँ, अन्त्यमा आरती गरौँ र गरिबलाई खाना, लत्ताकपडा र किताब बाँडौँ । वसन्त पञ्चमीको दिनलाई ज्ञान, वुद्धि र विवेक प्राप्तिका लागि उत्तम साइतको रुपमा लिइन्छ । देवगुरु बृहस्पति पनि ज्ञान, वुद्धि, विवेक, गुरुताका प्रतिक हुन् र उनै बृहस्पतिको बार हो बिहीबार । यस वर्षको सरस्वती पूजा पनि बिहीबार नै परेको छ । यसर्थ, यस वर्षको सरस्वती पूजा अत्यन्त शुभ र मंगलको सूचकको रुपमा आएको छ । पहिले–पहिले सरस्वती वन्दनामा प्रायः यो श्लोक पाइन्थ्यो र यसलाई विद्यालय पाठ्यक्रममा पनि समावेश गरिएको थियो । वसन्त पञ्चमी माता सरस्वतीका लागि अत्यन्त प्रिय दिन हो । यस दिन विधिपूर्वक सरस्वतीको पूजन, कीर्तन र आरतीगर्नाले जीवनमा सुख, शान्ति र सफलता प्राप्त हुने, विद्या र बुद्धि बढ्ने तथा विद्या अध्ययन र आर्जनमा सफलता प्राप्त हुने विश्वास गरिन्छ । शास्त्र अनुसार यस दिन हातमा पुस्तक, बीणा र माला लिएकी सरस्वती कमलमा विराजमान रहेर प्रकट हुनुभएको कुरा उल्लेख छ । यस दिन माता सरस्वतीको पूजा गर्नाले ज्ञान, वाणी तथा शिक्षा सम्बन्धी सम्पूर्ण समस्याहरु समाधान भएर जाने विश्वास गरिन्छ । आजका दिन विवाह, व्रतबन्ध, बेल विवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने विश्वास छ । यस दिन बालबालिकाहरुलाई शिक्षारम्भ साथै नाक–कान छेडी दिने गरिन्छ । सरस्वतीलाई चढाएको सात गेडा अक्षता दाँतले नछोई निलेमा विद्या र बुद्धि स्फुरण भई सरस्वतीबाट चेतना र विद्याको ज्योति पाइन्छ भन्ने धार्मिक मान्यता र विश्वास रहेको छ । यस दिन बालबालिकाहरुलाई औपचारिक शिक्षाको शुरुवात तथा अक्षरारम्भ यस श्लोक वा बन्दनाबाट गराइन्छ । ‘सरस्वति नमस्तुभ्यं वरदेकामरूपिणि । विद्यारम्भं करिष्यामिसिद्धिर्भवतुमेसदा ।। विद्या आर्जन गरिरहेकाहरुले सरस्वतीका विभिन्न श्लोक, मन्त्र आदिद्वारा स्तुतीगान गर्दछन् : सरस्वतीमया दृष्टा वीणा पुस्तक धारिणी । हंसवाहन संयुक्ता विद्यादानं करोतु मे ।।१।। प्रथमं भारतीनाम द्वितीयञ्च सरस्वती । तृतीयं शारदा देवीचतुर्थ हंसवाहिनी ।।२।। पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा । सप्तमं चैव कौमारी अष्टमं वरदायिनी ।।३।। नवमं बुद्धिदात्री च दशमं ब्रम्हाचारिणी । एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी ।।४।। द्वादशै तानिनामानित्रिसन्ध्यं य पठेन्नरः । जिव्हाग्रे वसते तस्य ब्रम्हरुपा सरस्वती ।।५।। बसन्त पञ्चमीमा राशी अनुसारका मन्त्र यी हुन् ः मेष - ओम वाग्देवी वागीश्वरी नम: वृष - ओम कौमुदी ज्ञानदायिनी नम: मिथुन - ओम मा भुवनेश्वरी सरस्वत्याय नम: कर्कट - ओम चन्द्रिका दैवी नम: सिंह - ओम मा कमलहास विकासिनी नम: कन्या - ओम माँ प्रणवनाद विकासिनी नम: तुला - ॐ मां हंसुवाहिनी नम: वृश्चिक - ओम शारदै दैव्यै चन्द्रकान्ति नम: धनु - ओम जगति वीणावादिनी नम: मकर - ओम बुद्धदात्री सुधामूर्ति नम: कुंभ - ओम ज्ञानप्रकाशिनी ब्रह्मचारिणी नम: मीन - ओम वरदायिनी माँ भारती नम:

सम्बन्धित समाचार

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन

मकवानपुर । छठ पर्वको मुख्य तथा अन्तिम दिन आज (सोमबार) बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व समापन भएको छ। हिजो (आइतबार) साँझ अस्ताउँदो स…

इन्फो डेस्क

हेटौँडाको राप्ती तटमा छठका श्रद्धालुको चहलपहल सुरु, २ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन

हेटाैँडा । छठ पर्वको मुख्य दिन आज (आइतबार) साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन मकवानपुरको हेटौँडास्थित राप्ती नदी किनारमा भक्तजन तथा दर्शनार्थीको उपस्थिति सुरु भएको छ। हेटौँडा उपमहा…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

मकवानपुर । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको आराधना, उपासना र पूजा गरी मनाइने यो पर्व…

इन्फो डेस्क