इन्फो नेपाल — सञ्चारको सञ्जाल

आठ वटा वडाको मतगणना जारी हुँदा ४ मा बालेन, ३ वडामा स्थापितको अग्रता

काठमाडौं महानगरपालिकामा ८ वटा वडाको मत गणना जारी छ भने २३ वटा वडाको मत गणना भइसकेको छ। वडा नम्बर १७ को मत गणना भने सुरू भएको छैन। वडा नम्बर १३, १४, १५, १६, १८, १९, २० र २१ को मत गणना जारी हुँदा चार वटा वडामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम गरेका छन्। उनले वडा नम्बर १३, १४, १५ र १६ नम्बर वडामा अग्रता कायम गरेका छन्। यस्तै, तीन वटा वडामा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले अग्रता कायम गरेका छन्। उनले वडा नम्बर १८, २० र २१ मा अग्रता कायम गरेका हुन्। अहिले जारी मत गणनामा नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले एउटा वडामा मात्र अग्रता कायम गरेकी छन्। उनले वडा नम्बर १९ मा अग्रता कायम गरेकी हुन्। एक लाख ५७ हजार ३१० मत गणना हुँदा बालेनले अहिलेसम्म ५१ हजार ५९६ मत ल्याएका छन्। यस्तै सिर्जनाले ३२ हजार ४३० मत ल्याएकी छन् भने स्थापितले ३१ हजार ८५६ मत ल्याएका छन्। अहिलेसम्म बालेन सिर्जनासँग १९ हजार १६६ मतले अगाडि छन्। उनी दोस्रो स्थानमा छिन्। यस्तै बालेन स्थापितसँग १९ हजार ७४० मतले अगाडि छन्। स्थापित तेस्रो स्थानमा छन्। काठमाडौं महानगरमा १ लाख ९१ हजार मत खसेको थियो।

सम्बन्धित समाचार

निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा

काठमाडौँ | फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सरकारलाई तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप…

इन्फो नेपाल संवाददाता

ओली भन्छन् ‘रास्वपाले चुनाव भाँड्न खोज्यो’, प्रचण्ड भन्छन् ‘इतिहासले पन्छाएकाहरूले भ्रम फैलाइरहेका छन्’

काठमाडौं/झापा | प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सत्तारूढ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरूले चुनाव बिथोल्ने प्रयास भइरहेको दाबी गर्दै सुरक्षा, शान्ति र न…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रास्वपाले चुनाव भाँड्न खोजिरहेको छ : अध्यक्ष ओली

झापा | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन भाँड्ने र बिथोल्ने दिशातर्फ गतिविधि बढाएको आरोप लगाएका छन्। शनिबार झापाको भद्रपुर विम…

इन्फो नेपाल संवाददाता