इन्फो नेपाल — सञ्चारको सञ्जाल

आदर्श लघुवित्तको आईपीओ बाँडफाँट

काठमाडौं – आदर्श लघुवित्तको प्रारम्भिक सार्वजनिक निष्काशन आईपीओ सोमबार बाँडफाँट हुँदै छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडका अनुसार सोमबा सेयर बाँडफाँट हुँदै छ । मागभन्दा बढी आवेदन परेकोले लघुवित्तको सेयरमा धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिकाअनुसार न्युनतम १० कित्ताको दरले ६ हजार २६१ जना आवेदकले पाउनेछन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार कम्पनीको आईपीओमा अन्तिम दिन ५ असारसम्ममा १७ लाख ९६ हजार ६८४ जना आवेदकबाट दुई अर्ब एक करोड ४२ लाख रुपैयाँ बराबरको दुई करोड एक लाख ४२ हजार ६१० कित्ता सेयरको माग आवेदन परेको छ । यो सर्वसाधारणलाई निष्काशन गरेको ६२ हजार ६१५ कित्ता सेयरको ३२१.६८ गुणा बढी हो । लघुवित्तले १ असारदेखि कुल ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको हो । हाल लघुवित्तको चुक्ता पुँजी एक करोड ४० लाख रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पुँजी दुई करोड ७ लाख रुपैयाँ पुग्नेछ । https://infonepalonline.com.np/share/  

सम्बन्धित समाचार

आइपिओ निष्काशनका लागि २ कम्पनीलाई धितोपत्र बोर्डको स्वीकृति

काठमाडौं | जारी पूँजी ७५ करोड रहेको क्रेस्ट माइक्रो लाइफसँगै नेपालको पहिलो औषधी कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्सले आइपिओ निष्काशन गर्न अनुमति पाएका छन् । माघ ४, बिहीबार धितोपत्र…

इन्फो नेपाल संवाददाता

७७ कम्पनीले ल्याउँदै आईपीओ, सर्वसाधारणले १ लाख रुपैयाँ जुटाउनुपर्ने

काठमाडौं | करिब ११ महिनापछि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा सन्तोषनारायण श्रेष्ठको नियुक्तिसँगै लामो समयदेखि रोकिएका आईपीओ (साधारण शेयर) निष्काशन प्रक्रिया अघि बढ्ने भएको छ। ७७ कम्…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

आजदेखी सुपर मादी हाइड्रोको आईपीओ

काठमडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । आईपीओमा लगानीकर्ताले आउँदो माघ १२…

इन्फो नेपाल संवाददाता