इन्फो नेपाल — सञ्चारको सञ्जाल

आमाको हत्या आरोपमा छोरा पक्राउ

मकवानपुर | मकवानपुरको थाहा नगरपालिका १० स्थित तल्लो बिसिङ्गखेलमा आफ्नै आमाको हत्या गरेको आरोपमा छोरालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार ५० वर्षीया ज्ञानी माया गमालको हत्याको आरोपमा २६ वर्षीय छोरा मिलन गमाललाई पक्राउ गरिएको हो। फागुन ३० गते बिहान घरको ढोका बन्द रहेको र ज्ञानी मायाको शव खाटमा सुतिरहेको अवस्थामा फेला परेपछि थप अनुसन्धानको क्रममा मिलनले नै घरायसी विवादका कारण आमाको हत्या गरेको खुलेको छ। इलाका प्रहरी कार्यालय पालुङले थाहा नगरपालिका १० बाट मिलनलाई नियन्त्रणमा लिएको छ भने अरु थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलबाट शव बरामद गरी परीक्षणका लागि शिक्षण अस्पतालमा पठाएको थियो।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क