इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीका २० वटा वडामा २५ ठाउँमा मतदान जारी

सुनसरी / इटहरी उपमहानगरपालिकाका २० वटा वडामा २५ ठाउँमा मतदान भइरहेको छ । इटहरी उपमहानगरपालिकाका २५ वटै मतदान केन्द्रमा आज बिहान ७ बजेबाटै मतदान जारी भइरहेको छ । इटहरी ४ को इटहरी उपमहानगरपालिका कार्यलय परिसर , इटहरी २ को महेन्द्र माध्यमिक विद्यालय र शान्तिनगर आधारभूत विद्यालयमा मतदान भइरहेको छ । इटहरी वडा नम्बर २ लगायतका ठाउँमा मतदान केन्द्र मतदानहरू छाता ओडेर भएपनि लाइनमा बसेर मतदान भइरहेको छ । इटहरी वडा नम्बर ५ को सानो जनता माध्यामिक विद्यालय, वडा नम्बर ९ को ठूलो जनता माध्यामिक विद्यालय, वडा नम्बर ५ को ज्योति माध्यामिक विद्यालय लगायतका मतदान केन्द्रमा गरि २० वटै वडाका २५ ठाउँ बिहानैबाट मतदाताहरु लाइनमा मतदान भइरहेको छ । आज देशभरका ७५२ पालिकामा स्थानीय तहको निर्वाचनको मतदान सुरू भइरहेको छ । स्थानीय तह निर्वाचन सुरक्षाका लागि प्रदेश १ मा पाँच हजार चार सय ४८ जना सशस्त्र प्रहरी परिचालन गरिएको छ । प्रदेश १ का १४ वटै जिल्लामा सुरक्षाका लागि म्यादी प्रहरी परिचालन गरिएको छ । सुनसरीमा सात सय २८ जना सशस्त्र प्रहरी परिचालन गरिएको छ भने २ हजार ६५ जना म्यादी प्रहरी खटाइँएको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क