इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीकी महिला फुटबल खेलाडीलाई सम्मान

इटहरी | इटहरी उपमहानगरपालिका वडा नम्बर ४ ले स्थानीय खेलाडी रेखा पौडेललाई आर्थिक सहित सम्मान गरेको छ। १९ वर्षमुनिकी खेलाडी पौडेल हालै साउदी अरबमा सम्पन्न महिला फुटबल प्रतियोगिता 'वाफ वुमन च्याम्पियनशिप-२०२४' मा नेपाली राष्ट्रिय टोलीमा सहभागी थिइन् । उक्त टिम च्याम्पियनशिप उपविजेता बनेको थियो ।

इटहरी ४ कचना युवा क्लबबाट खेल्दै आएकी पौडेलले अन्तर्राष्ट्रिय प्रतियोगितामा उपलब्धि हासिल गरेकाले वडा कार्यालयले नगद ११ हजार रुपैयाँ सहित सम्मान गरेको हो। वडा अध्यक्ष भक्त लामा तामाङले स्थानीय बासिन्दा पौडेलले वडा र खेल क्षेत्रको गौरव बढाएको बताए।

"वडाबाट सहभागी भएर खेलमा उपलब्धि हासिल गर्नुभएकाले हामीले सम्मान गरेका हौं," तामाङले भने, "इटहरी ४ खेल क्षेत्रमा अगाडि बढ्दै गइरहेको छ।"

वडा सचिव अर्जुन सुवेदीका अनुसार वडाले यसअघि पनि अन्तर्राष्ट्रिय स्तरमा उपलब्धि हासिल गरेका स्थानीय खेलाडीहरूलाई सम्मान गर्दै आइरहेको छ। युएईमा भएको 'सुपर कप २०२४' को कराते प्रतियोगितामा ८४ केजी तौल समूहमा स्वर्ण पदक विजेता सागर राउतलाई पनि यसअघि नै सम्मान गरिसकिएको छ।

खेलाडी पौडेललाई सम्मान कार्यक्रममा वडासदस्य, कर्मचारी, स्थानीय बुद्धिजीवी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार

एनपीएलको इलिमिनेटरमा आज चितवन र काठमाण्डौ खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाल…

इन्फो डेस्क

बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघ दर्ता छैनन्, पटक–पटकको सूचना बेवास्ता

मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघसंस्थाले दर्ता, आबद्धता तथा नवीकरण प्रक्रिया पूरा गरेका छैनन्। पटक–पटक सूचना जारी गरे पनि संघहरूले बेवास्ता गरेपछि परि…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल बेलुकी ५ बजे कीर्तिपुरको त्रिवि अ…

इन्फो डेस्क