इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीको एक्सपर्ट एजुकेसनमा वृहत एजुकेशन फेयर सम्पन्न, दुई हजार बढीले गरे अबलाेकन

इटहरी | सुनसरीको इटहरीस्थित एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसले वृहत एजुकेशन फेयर २०२४ सम्पन्न गरेको छ । एजुकेसन फेयरमा युके र न्युजिल्यान्ड लाई फोकस गरिएको थियो ।

नेपाली विद्यार्थीहरूको रोजाई पछिल्लो समय युके र न्युजिल्यान्डमा पर्न थालेपछि एक्सपर्टले त्यस क्षेत्रका युनिभर्सिटीहरू सँग सहकार्य गरी बिद्यार्थीहरूलाइ प्रोत्साहन तथा परामर्श दिन इटहरीमा बृहत् एजुकेसन फेयर गरेको हो । उक्त फेयरमा इटहरी लगायत आसपासका दुई हजार विद्यार्थीहरू लाभान्वित भएका छन् ।

विद्यार्थीहरूले न्युजिल्यान्ड र युकेका प्रतिनिधिहरू सँग प्रत्यक्ष भेट र भलाकुसारी गर्ने अवसर प्राप्त गरेका थिए । पछिल्लो समय युके र न्युजिल्यान्डमा गुणस्तरीय शिक्षा, भिसा प्रोसेसिङका लागि सरल र अध्ययन सकी सकेपछि पोस्ट स्टडी वर्क तथा इन्टर्नसिप जस्ता कार्यक्रम रहेको हुँदा नेपाली विद्यार्थीहरू आकर्षित रहेका छन् ।

यसैलाई मध्यनजर गर्दै दुवै देशका टप कलेज एव युनिभर्सिटीका प्रतिनिधिहरूसँग प्रत्यक्ष वार्तालाप हुने गरी बृहत् एजुकेसन फेयर गरिएको एक्सपर्ट इटहरीका प्रबन्ध निर्देशक कमल तिम्सिनाले बताए ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क