इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीको कृष्ण प्रणामी मन्दिर

सुनसरी : इटहरी वडम नम्बर ४ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिरलाई नेपालकै नमुनाको रुपमा धार्मीक तथा पर्यटकीय स्थल हो । आज यश मन्दिर कृष्ण जन्मअष्टमी विविध कार्यक्रम मनाईएको छ । कलात्मक ढंगबाट सज्जिसजाउ गरिएको मनिदरको निमार्ण पश्च्यात इटहरीको धार्मीक पर्यटनमा बिकास हुने अपेक्षा गरिएको छ । ब्रह्मलीन गुरुजी श्री १०८ मंगलदासले स्थापना गरेको श्री कृष्ण प्रणामी मन्दिर केवल प्रणामीको मात्र नभएर सम्पुर्णको भएको कारण यसलाई नेपालकै नमुना मन्दिरको रुपमा बिकास गर्ने योजना रहेको छ । सुनसरी र मोरङ जिल्लाको किनारमा रहेको बुढिगंगा मुक्तिघाट सँगै श्रीकृष्ण प्रणामी मन्दिरको निमार्णले विभिन्न आन्तरिक तथा बाह्य धार्मीक प्रर्यटनको आगमनमा बृद्धि हुने देखिन्छ । नेपालकै नमुना घाटको रुपमा इटहरी बुढिगंगा मुक्तिधाटलाई लिन सकिन्छ । दैनिक जसो मुक्तिधाटको अवलोकन गर्न युवायुवतीहरुको भिड लाग्ने गरेको छ । मन्दिरको निमार्णमा करिब १० करोडको लगानी लागेको छ भने मन्दिरको गजुर ३० तोला सुनबाट निर्माण भएको मन्दिरका अध्यक्ष हेम घिमिरेले बताए । सुनसरी भरि रहेका बिभिन्न धार्मीक स्थलको प्रतिक, श्रीकृष्णको लिला सम्पुर्ण श्रीकृष्ण मन्दिरमा देख्न सकिन्छ । पुर्व- राष्ट्रपति विद्यादेवी भण्डारीले २०७५ साल चैत २४ गते निर्माण गरिएको कृष्ण मन्दिरको उद्घाटन गरेकी थिइन् ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन

मकवानपुर । छठ पर्वको मुख्य तथा अन्तिम दिन आज (सोमबार) बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व समापन भएको छ। हिजो (आइतबार) साँझ अस्ताउँदो स…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

हेटौँडाको राप्ती तटमा छठका श्रद्धालुको चहलपहल सुरु, २ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन

हेटाैँडा । छठ पर्वको मुख्य दिन आज (आइतबार) साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन मकवानपुरको हेटौँडास्थित राप्ती नदी किनारमा भक्तजन तथा दर्शनार्थीको उपस्थिति सुरु भएको छ। हेटौँडा उपमहा…

इन्फो डेस्क