इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीको पर्यटकीय क्षेत्र भान्से पोखरी प्रचार प्रसारको अभागमा

सुनसरी / इटहरी वडा नम्बर १८ मा रहेको भान्से पोखरी प्रचार प्रचार नभएकाले पर्यटकको कमिले गर्दा संरक्षणको अभावमा रहेको छ । भान्से पोखरी पुग्न इटहरी पश्चिम लाइनमा रहेको सशस्त्र प्रहरी बलको कोशी प्रदेशको मुख्यालयबाट पश्चिमतर्फको सडकमार्ग हुँर्दै १५ मिनेटको सवारीमा इटहरीको भान्से पोखरी पुग्न सकिन्छ । भान्से पोखरी र रानी पोखरी बिच धार्मिक सम्बन्ध रहेको छ । धेरै वर्ष अगाडि जङ्गलको विचमा रहेको पोखरी मानव बस्ती बस्ने क्रममा जङ्गल फाड्दै गएर, मानव बस्ति बसेको हो । धेरैवर्ष अघि पोखरीको एक छेउबाट देउता रानी पोखरी तर्फ आउन जाने गरेको बाटोमा अन्नबाली पनि नभएको धार्मिक विस्वास रहेको स्थानिय हरिनारायण चौधरीले बताए । झन्डै पाँच बिगाहा क्षेत्रफलमा फैलिएको आकर्षक पोखरी नजिकै शिवालय मन्दिर बनाइएको छ । प्राकृतिक अनि स्थानीय थारु संस्कृति बुझ्न यो पोखरीको यात्रा स्मरणिय हुनसक्छ । राम्रो माछा उत्पादन हुने भएकाले इटहरी उपमहानगरपालिकाले माछा उत्पादन गर्न ५ वर्षका लागि ठेक्का दिने गरेको छ । पोखरी वरीपरी स्थानिय बासिन्दाको बसोवास पनि रहेकाले वर्षाको समयमा पोखरीमा पानीको वहाव बढ्ने हुनेले पोखरी वरपरीको ठाँउ समेत भत्किएको हुदाँ स्थानिय बासिन्दा समस्यमा परेको लङ्क बहादुर खत्री दाहाल गुनासो गर्छन । ठेक्काबाट उठेको रकम पोखरीको स्तर उन्नति गरिदीने हो भने, पोखरीको स्तरउन्नति चाडै हुने गरिदिए धरान तर्फ सडक जोडेर धेरै भन्दा धेरै प्रर्यटक भित्र्याउन सकिने स्थानिय बताउछन् । स्थानीय सरकारले भान्से पोखरीलाई पर्यटकीय क्षेत्र घोषणा गरेर बजेट विनियोजन गरि थप पर्यटन भित्र्याउन थालि वर्षाको समयमा उक्त पोखरीमा पानी बढि हुने भएकाले निकासा गरि वरपरका स्थानीयलाई बाढिको जोखिममा नराखिने इटहरी वडा नं. १८ का वडा अध्यक्ष रामकुमार चौधरीले बताए । भान्से पोखरीबाट हुने समस्या वडा र नगरको पहलमा समाधान गर्ने इटहरी वडा नं. १८ का वडा अध्यक्ष चौधरीले बताए । स्थानीय सरकारले भान्से पोखरीलाई पर्यटकीय क्षेत्र घोषण गरे पनि यहाँ पर्यटकको चहलपहल भने देखिदैन । पोखरीको ओरिपरीको बाधमा पर्खाल लगाइ गेरावारा गरि प्रचार प्रसार गर्ने हो भने पर्यटन भित्र्याउन सकिन्छ ।  

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

घुम्ने ठाउँ प्रशस्त, पर्यटनबाट आम्दानी बढाउने अवसर गुमाउँदै मकवानपुर

प्रकृति, संस्कृति र इतिहासले भरिपूर्ण मकवानपुरका सम्पदालाई पर्यटन व्यवसायसँग जोड्ने अवसर अझै बाँकी छ। हेटौँडा पर्यटन वर्ष २०८३ ले पर्यटकको बसाइ लम्ब्याउने र स्थानीय अर्थतन्त्र चलाय…

घुमन्ते

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

हेटौँडाबाट ६ किलोमिटरमै प्रकृतिको काखमा रमाउने गन्तव्य मनकामना

हेटौँडा । सहरको कोलाहल, सवारीसाधनको चाप र धुलोधुवाँबाट केही समय टाढा रहेर प्रकृतिसँग रमाउन चाहनेहरूका लागि मकवानपुरको मनकामना मन्दिर क्षेत्र आकर्षक गन्तव्य बन्दै गएको छ । हेटौँडा ब…

घुमन्ते