इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीको बुढासुब्बामा तालतलैया च्यालेन्ज कप फुटबल सुरू

सुनसरी / इटहरीको बुढासुब्बामा प्रथम तालतलैया च्यालेन्ज कप फुटबल सुरू भएको छ । इटहरी २ स्थिति बुढासुब्बा खेल मैदानमा प्रथम तालतलैया च्यालेन्ज कपको आयोजनामा आज देखि असार ९ गतेसम्म फुटबल सुरू भएको छ । प्रतियोगिताको खेल इटहरी उपमहानगरपालिकाकि उपप्रमुख संगिता चौधरीले उद्घाटन गरेकी हुन् । हामीले खेलकुद क्षेत्रमा विभिन्न योजना बजेट पनि ल्याएको छौं र खेल क्षेत्रलाई हामी हौसला प्रदान गर्ने उनले बताइन् । आजको पहिलो खेल पंचायन एफ.सि., रामधुनी र पूर्वाञ्चल यूनाईटेड, सुन्दरहरैंचाको खेल रहेको छ । भोलि तालतलैया एफ.सी. ए, इटहरी २ र प्रकाशपुर एफ. सी., बराहक्षेत्रको खेल रहेको छ । प्रतियोगितामा कोशी प्रदेशका चारवटा जिल्लाका १० टिम सहभागी रहेका छन् । जसमा सुनसरी , मोरङ , झापा र उदयपुरका विभिन्न टिम गरी १० टिमको सहभागी हुने छ । प्रतियोगितामा विजयी टिम नगद ५१,००० हजार उपविजेता टिमलाई नगद ३१,००० सहित ट्रफी , मेडल र प्रमाणपत्र प्रदान गरीने भएको छ । खेलमा कुल लागत १२ लाख ३२ हजार हुने तालतलैया फुटबल कपका अध्यक्ष शंकर राईले बताए । खेलमा हरेक खेलको म्यान अफ दि पुरस्कार ,विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदान गरीने भएको छ ।

सम्बन्धित समाचार

एनपीएलको इलिमिनेटरमा आज चितवन र काठमाण्डौ खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाल…

इन्फो डेस्क

बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघ दर्ता छैनन्, पटक–पटकको सूचना बेवास्ता

मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघसंस्थाले दर्ता, आबद्धता तथा नवीकरण प्रक्रिया पूरा गरेका छैनन्। पटक–पटक सूचना जारी गरे पनि संघहरूले बेवास्ता गरेपछि परि…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल बेलुकी ५ बजे कीर्तिपुरको त्रिवि अ…

इन्फो डेस्क