इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीको बुढासुब्बामा सुनसरी जिल्ला स्तरीय अन्तर स्कुल प्याब्सन एन्फा प्रेसिडेन्ट कप फुटबल हुँदै

इटहरी / सुनसरी जिल्ला स्तरीय अन्तर स्कुल प्याब्सन एन्फा प्रेसिडेन्ट कप फुटबल प्रतियोगिता शुक्रबार देखी सुरु भएको छ । एन्फा सुनसरीको आयोजनामा हुने प्रतियायेगीताको संयोजक प्याब्सन सुनसरी रहेको हो । प्रतियोगितामा जिल्लाका ३२ स्कुल सहभागी छन् । जुन खेल प्रतियोगिता इटहरीको बुढा सुब्बा मैदान र वराहक्षेत्रको भलुवाचौरी खेल मैदानमा हुदै छ । पहिलो चरणको नकआउट इटहरी उपमहानगरपालिकाबाट १० वटा स्कुल, दुहबीबाट २ वटा झुम्काबाट ४ र गढी गाउँपालिकाबाट १ वटा स्कुल गरी जम्मा १६ वटा स्कुल बिचको खेल इटहरीको बुढा सुब्बा खेलमैदानमा भएको थियोे । आज हिमशिखर स्कुल र डिबिएम स्कुलको खेल भएको थियोे । धरानका ८ वटा स्कुल रामधुनीबाट ४ वराहक्षेत्रबाट ४ गरी १६ वटा स्कुल बिचको खेल वराहक्षेत्र नगरपालिकाको भलुवाचौरी खेलमैदानमा हुदै छ । प्रारम्भिक खेलहरू नकआउटको आधारमा हुनेछन् । नकआउटका विजेता टिमहरू धरानमा हुने दोस्रो चरणको लिग खेलका लागि छनौट हुने एन्फा केन्द्रीय मानार्थ उपाध्यक्ष तथा कोसी प्रदेश खेलकुद सङ्घका अध्यक्ष किशोर राईले बताए । उनका अनुसार १६/१७ वर्षको किशोर अवस्थाका केटाकेटीहरू दुव्र्यशनी जस्ता कुलतमा फसेर गलत बाटोमा जाने भएकाले सही मार्गदर्शन, प्रोत्साहन प्रदान गर्न पनि प्रतियोगिता सुरु गरिएको बताए । एन्फा सुनसरी अध्यक्ष नवीन राईले खेलकुद जीवनको अभिन्न अङ्ग हो भन्ने कुरा विद्यालय स्तर देखि नै विद्यार्थीहरूलाई बुझाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगितामा प्रथम पुरस्कार २० हजार दोस्रो १५ हजार तेस्रो १० हजार चौथो पुरस्कार ६ हजार रहेको छ । व्यक्तिगत विधा तर्फ उत्कृष्ट गोलकिपर २ हजार, उत्कृष्ट, डिफेन्स २ हजार, उत्कृष्ट, मिड फिल्डर, २ हजार, उत्कृष्ट फरवार्ड २ हजार, उत्कृष्ट, प्रशिक्षक २ हजार, सर्वाधिक गोलकर्ता ३ हजार र प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडी नगद ५ हजार प्रदान गरिने छ । फाइनल खेल असोज ५ गते हुने भएको छ ।

सम्बन्धित समाचार

एनपीएलको इलिमिनेटरमा आज चितवन र काठमाण्डौ खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाल…

इन्फो डेस्क

बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघ दर्ता छैनन्, पटक–पटकको सूचना बेवास्ता

मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघसंस्थाले दर्ता, आबद्धता तथा नवीकरण प्रक्रिया पूरा गरेका छैनन्। पटक–पटक सूचना जारी गरे पनि संघहरूले बेवास्ता गरेपछि परि…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल बेलुकी ५ बजे कीर्तिपुरको त्रिवि अ…

इन्फो डेस्क