इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीको मुख्य चोकमा युवाहरुबीच खुकुरी हानाहान

सुनसरी / इटहरीको मुख्य चोकमा रहेको सेन्टर प्लाजा अगाडी आज दिउँसो युवाहरू बीच खुकुरी हानाहान भएको हो । आज दिउँसो साढे ४ बजे तिर सेन्टर प्लाजा अघाडी युवाहरूको समुहबिच खुकुरी हानाहान हुदा दुईजना युवा घाइते भएका छन् भने दुइजना लाइ प्रहरीले नियन्त्रणमा लिएर अनुशन्धान सुरू गरेको छ । खुकुरी हानाहान गर्ने दुइ युवालाई प्रहरीले प्रकाउ गरेको छ भने केही युवाहरु फरार रहेका छन । फरार रहेका युवाहरुलाई प्रहरी टोलीले खोजी गरीरहेको छ । घाइते मध्ये एकको टाउकोमा चोट लागेको र उनको विराटनगरस्थित बिराट टिचिङ अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । स्थानीय युवाहरू चिया खान भेला भएको समयमा आपसमा विवाद हुँदा खुकुरी हानाहान भएको थियोे । ´फेसबुकमा स्टाटस लेखेको विषयलाई लिएर घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको इटहरी प्रहरीले जनाएको छ । पक्राउ परेका तथा घाइतेको तत्काल नाम, थर, वतन गोप्य राखेर अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क