इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीको मुख्य चोक सिसी क्यामेराको निगरानिमा

सुनसरी / इटहरीको प्रमुख चोकमा निगरानीका लागि अबदेखि सिसिगिभि क्यामेरा जडान गरिएको छ । प्रदेश नम्बर १ को ब्यापारीक केन्द्रको रुपमा रहेको इटहरी मुख्य चौक आसपास लगायत विभिन्न स्थानहरुमा क्यामरा जडान कार्य सम्पन्न भई सुचारु समेत भइसकेकाले अब इटहरीको चोकमा पनि निगरानी लागि सिसि क्यामराले गर्ने भएको हो । प्रदेश नम्बर १ सरकारको लगानी , इटहरी उपमहानगरपालीका र इटहरी उद्योग बाणिज्य संघ सगँको समन्वयमा इटहरीको मुख्य चौकका विभिन्न स्थानहरुमा क्यामरा जडान भएको छ । इटहरी चौक आसपासका क्षेत्रमा २३ वटा भन्दा बढि क्यामरा जडान भइसकेको र केही जडानको लागि प्रकृयामा रहेको इटहरी उपमहानगरपालिका ६ का दिवस पोख्रेलले बताए । सिसी टिभी फुटेज तथा प्रदेश नम्बर १ ट्राफिक प्रहरी कार्यलयको निरीक्षण गर्दै प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले अहोरात्र सडकमा खटिने ट्राफिक प्रहरीको छुट्टै पहिचान हुने हुँदा अनैतिक र आचरण बिपरीत कार्य गर्नेलाई क्षम्य नहुने बताए । बजार क्षेत्र र मुख्य चौकमा जडान भएका १३ वटा क्यामराहरुको निगरानी प्रदेश सरकारको मातहतमा रहेको प्रदेश नम्बर १ ट्राफिक प्रहरी कार्यलय इटहरी र १० वटा वटा क्यामराको निगरानी इलाका प्रहरी कार्यलय इटहरी ६ ले गर्ने भएको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क