इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा अवैध रूपमा नेटवर्किङ व्यवसाय गर्ने ६ जना पक्राउ

सुनसरी / इटहरीको ग्लोबल ओरियन्स नामक कम्पनीबाट नेटवर्किङ व्यवसाय गरेको आरोपमा ६ जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार पक्राउ पर्नेहरूमा मोरङको मिक्लाजुङ गाउँपालिका घर भएकी सचिता राई र सुन्दरहरैँचा नगरपालिका घर भएका सञ्जीव माझी रहेका छन् भने अन्य चारजना भने कर्मचारी रहेका छन् । कम्पनीले केही समययता इटहरी वडा नम्बर-९ मा रहेको साथी पेट्रोल पम्प नजिकै एक कोठाभाडा लिएर विभिन्न औषधी तथा विभिन्न कम्पनीका सामग्री बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीलाई आएको गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । स्थानीय तथा आम नागरिकलार्ई आर्थिक प्रलोभन देखाएर थोरै लगानी गरी धेरै कमाउन सकिने भन्दै ठगी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रतिव्यक्ति १५ हजारदेखि एक लाखसम्म रकम लिएको पीडितले प्रहरीमा जानकारी गराएका छन् । जति धेरै सदस्य बनायो त्यति धेरै पैसा कमाइन्छ,विदेशमा घुम्न जान पाइन्छ, जस्ता प्रलोभन देखाएर ठगी गर्ने गरेको खुलेको छ ।हालसम्म इटहरी प्रहरीमा १० जना पीडित आएको र थप अनुसन्धानको क्रम अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क