इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा अव्यवस्थित तारको जालो: सुन्दरता र सुरक्षामा खतरा

इटहरी | सुनसरीको प्रमुख सहरी क्षेत्र इटहरी उपमहानगरपालिकामा अव्यवस्थित रूपमा तानिएका विद्युत, टेलिभिजन केबल, इन्टरनेट र दूरसञ्चारका तारहरूले गम्भीर समस्या सिर्जना गरेका छन्। यी तारहरूले न केवल सहरको सौन्दर्यलाई बिगारेका छन्, बल्कि आगलागी र दुर्घटनाको जोखिम पनि बढाएका छन्।

स्थानीय बासिन्दा राजन खतिवडाका अनुसार, "सडकको किनारमा राखिएका पोलमा भएका धेरै केबुलका तारहरूले समस्या सिर्जना गरेका छन्। यी तारहरूमा बालबालिकाहरू झुण्डिने गरेका छन्, जसले सर्वसाधारणलाई समेत असर पारेको छ।"

नेपाल विद्युत प्राधिकरण इटहरी वितरण केन्द्रका प्रमुख राम दुलार साहले भने, "यो समस्याले प्राधिकरणका कर्मचारीहरूलाई समेत काम गर्न असहज बनाएको छ। पटक-पटक सम्बन्धित संस्था र स्थानीय सरकारसँग छलफल गरिए पनि समाधान निस्किएको छैन।"

इटहरी उपमहानगरपालिकाले यस समस्यालाई समाधान गर्न प्रयास गरेको छ। जेठ २७ गते पहिलो पटक १५ दिने सूचना जारी गरी अव्यवस्थित तार हटाउन निर्देशन दिइएको थियो। तर, यो निर्देशन कार्यान्वयन हुन सकेन।

इटहरी उपमहानगरपालिका वातावरण महाशाखा प्रमुख पुष्प नारायण चौधरीले भने, "हामीसँग कुनै ठोस योजना छैन। छलफल गरेर मात्र तार हटाउने योजना छ।"

यस परिस्थितिले गर्दा स्थानीय बासिन्दाहरू, पैदल यात्रुहरू र पर्यटकहरूलाई समेत असुविधा भएको छ। सेवा प्रदायक संस्थाहरूलाई कारबाही गर्ने चेतावनी दिइए पनि समस्या यथावत छ।

अब प्रश्न उठेको छ: के सेवा प्रदायक संस्थाहरूले नगरपालिकाको निर्देशनलाई अटेर गरेका हुन्? वा नगरपालिका आफैंले आफ्नो जिम्मेवारी पूरा गर्न असफल भएको हो? यस समस्याको समाधान नभएसम्म इटहरीको सुन्दरता र सुरक्षा दुवै जोखिममा रहने देखिन्छ।

सम्बन्धित समाचार

इटहरी उपमहानगरको कार्यपालिका बैठक भुईँमै, असोज ४ पछि सेवा सुरु गर्ने निर्णय

इटहरी | जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएपछि इटहरी उपमहानगरपालिकाले असोज ४ गतेपछि सामान्य सेवा सुरु गर्ने निर्णय गरेको छ। सोमबार उपमहानगरको प्राङ्गणमै कार्यपालिका बैठक बसेको…

सन्जिप तिम्सिना

‘प्रधानमन्त्री जन्माउने सहर’ विराटनगरले पायो छैटौं प्रधानमन्त्री

विराटनगर | विराटनगर, औद्योगिक राजधानी मात्र होइन, अब ‘प्रधानमन्त्री जन्माउने सहर’ को उपमा समेत थप प्रष्ट भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सुशीला कार्कीलाई अन्तरिम सरका…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

इटहरी उपमहानगरमा अर्बौंको क्षति

इटहरी | जेनजी आन्दोलन हिंसात्मक बन्दै गएपछि इटहरी उपमहानगरपालिकादेखि संघीय र स्थानीय निकायसम्म अर्बौं मूल्यबराबरका सम्पत्ति खरानी बनेका छन्। नगरपालिकाको भवनसहित महत्त्वपूर्ण कागजात…

सन्जिप तिम्सिना