इन्फो नेपाल — सञ्चारको सञ्जाल

एउटै कक्षामा अध्ययनरत दुई बालक चैत २९ गते हराए, खोजीका लागि परिवार अपिल

इटहरी / स्कुलमा परीक्षा दिएर घर फर्किएका इटहरीका दुई बालकहरू गत चैत २९ गत देखि हराएका छन् । इटहरी २ मा रहेको महेन्द्र माध्यमिक विद्यालयमा कक्षा ४ मा एउटै कक्षामा अध्ययनरत रञ्जित निरौला र लक्की बिक्रम साह नाम गरेको बालक गत चैत २९ गते देखि ह,राएको परिवारले जनाएको छ । इटहरी २ देविथानका १४ वर्षीय रञ्जित निरौला र ११ वर्षीय लक्की बिक्रम साह ७ दिनदेखि बेपत्ता भएका हुन् । उनिहरू दुवै जना चैत गते २० विद्यालयकामा परीक्षा दिन पुगेका थिए र परीक्षा दिएर १२ बजे घर फर्किएको र फेरि स्कुलमा ४ बजे स्थानीयले देखेको महेन्द्र माध्यमिक विद्यालयकाका प्रधानध्यापक मेदन कुमार घिमिरेले बताए । आज बैशाख ६ गते सम्म पनि घर नपुगेको परिवारले जनाएको छ । बेपत्ता रञ्जित निरौलाकि आमा रचना निरौलाका अनुसार उनीहरूको खोजीका लागि गत चैत ३० गते नै इलाका प्रहरी कार्यलय इटहरीमा खोज तलासको लागि निवेदन दिएपनि हालसम्म पत्ता नलागेको खोजीकार्यका लागि याचना गरेका छन् । बेपत्ता लक्कीकि दिदी कृष्टिना ठकुरीका अनुसार परीक्षा दिन गएका उनीहरूको परीक्षा १२ बजे नै सकिने भएपनि साँझसम्म घर नफर्किएपछि खोजीका लागि पहल गरिएको थियोे । बालकहरूलाई कसैले देख्नु भएमा वा फेला पार्नु भएका नजिकैको प्रहरी कार्यलय ,वडा कार्यालय , विद्यालय प्रशानसन वा सामाजिक संघसंस्थामा बुझाइदिनुहुन परिवारले अपिल गरेका छन् अहिलेसम्म विद्यालय प्रशासन , आफ्न र प्रहरीले बालकको खोजी कार्य गरिएका छन् । बालकहरूलाई कसैले भेटाएमा ९८१०५८४४४१ र ९८०७०२८३३३ नम्बरमा वा प्रहरी कार्यलयमा सम्पर्क गरिदिन परिवारले आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क