इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा दुईवटा मोटरसाइकल एकआपसमा जुध्दा तीनजनाको मृत्यु

सुनसरी / इटहरीमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर जुध्दा तीनजनाको मृत्यु भएको छ । इटहरी १० स्थित विराटनगर लाइनमा शुक्रबार साँझ विराटनगरबाट इटहरी आउँदै गरेको को ४ प १४१० नम्बरको मोटरसाइकल र इटहरीबाट विराटनगर जाँदै गरेको प्रदेश १-०२-०४१ प ४४११ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर भइ दुर्घटना भएको हो । इलाका प्रहरी प्रहरी इटहरीका अनुसार दुर्घटनामा प्रदेश १-०२-०४१ प ४४११ नम्बरको मोटरसाइकल चालक मोरङको बूढीगंगा गाउँपालिका- १ मा बस्दै आएका अन्दाजी ३० वर्षीय अर्जुन लुइँटेलको मृत्यु भएको हो । यस्तै, को ४ प १४१० नम्बरको मोटरसाइकलमा सवार धरान उपमहानगर- १५ बस्ने अन्दाजी ४० वर्षीय राजन राई र सोही स्थानमा बस्ने अन्दाजी ३२ वर्षीय शम्भु राईको मृत्यु भएको हो । तीनैजनाको उपचारको क्रममा विराटनगरस्थित आर्य न्यूरो हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल तीव्र गतिका कारण एकआपसमा ठक्कर भइ तीनजनाको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिएको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क