इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा निजी स्कुल आफैले किताब कपि बेचे कारबाही गरिने

इटहरी - इटहरी उपमहानगरपालिकाले शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने आफ्नो योजनालाई सफल बनाउन बृहत् शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। आगामी शैक्षिक सत्रदेखि गुणस्तरीय, जीवनोपयोगी र प्राविधिक शिक्षामा जोड दिने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा सबै सामुदायिक तथा निजी विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक अभिभावक सङ्घका अध्यक्ष र जनप्रतिनिधिहरू सहभागी थिए। उपमहानगर प्रमुख हेमकर्ण पौडेलले २७ बुँदे शैक्षिक सङ्कल्प पत्र प्रस्तुत गरे। मेयर पौडेलले आगामी शैक्षिक सत्र २०८१ देखि शिक्षा समितिका निर्णय अक्षरशः कार्यान्वयन गर्ने दृढता व्यक्त गरे। शैक्षिक गुणस्तर उकास्न पहिले विद्यार्थी, अभिभावक र शिक्षकको मनोविज्ञान उकास्नुपर्ने बताए। सबै विद्यार्थीका लागि एउटै पोसाक तोकिने र विद्यालयहरूले जीवनोपयोगी तथा प्राविधिक शिक्षामा जोड दिनुपर्ने उनको तर्क छ। विद्यार्थीलाई सामुदायिक विद्यालयतर्फ आकर्षण गर्न कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजा कार्यक्रम शुरू गरिने छ। सरोकारवालाको सल्लाह र समन्वयबाट मात्रै शिक्षा सुधार सम्भव हुने मेयर पौडेलको भनाइ छ। उपप्रमुख संगिता चौधरीले गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्य रहेको बताइन्। शिक्षक अनुभव आदानप्रदान र प्राविधिक शिक्षामा फड्को मार्ने योजना छ। वडा अध्यक्ष रतन कार्कीले विद्यार्थीका लागि एउटै पोसाक तथा शुल्क निर्धारण र जनप्रतिनिधिका सन्तानलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने बताए।

सम्बन्धित समाचार

किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी

हेटौँडा । सामान्यतया घरमा आमाबुबाले छोराछोरीलाई नयाँ कुरा सिकाउँछन्। तर हेटौँडा उपमहानगरपालिका–१८ हर्नामाडीकी सपना ढुङ्गानाको घरमा केही दिनअघि फरक अनुभव भयो। कक्षा ४ मा अध्ययनरत छो…

बसन्त भण्डारी

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क