इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा बाटो क्रस गर्दै गरेका एक युवकको पिकअपको ठक्करबाट मृत्यु

सुनसरी | इटहरी ८ मा बाटो क्रस गर्दै गरेका एक युवकको पिकअपको ठक्करबाट मृत्यु भएको छ । कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार हिजो बेलुका इटहरी ८ स्थित कर कार्यालय नजिकैको मुख्य राजमार्गमा पिकअपले ठक्कर दिँदा अन्दाजी ३५ वर्षीय युवकको मृत्यु भएको हो । इटहरीबाट खनारतर्फ जाँदै गरेको नम्बर नखुलेको सेतो रङको पिकअप गाडीले बाटो क्रस गर्दै गरेको पैदलयात्री तत्काल नाम, थर, वतन नखुलेको युवकलाई ठक्कर दिएको हो । दुर्घटनामा गम्भीर घाइते भएका युवकको विराट नर्सिङ होममा उपचारको क्रममा राति ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी साधन फरार भएका खोजि भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क