इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा वैदिक ग्रन्थको प्रर्दशनी र २१ गते कृष्ण जन्माष्टमी महोत्सव मनाइने

सुनसरी : इटहरीमा कृष्ण जन्म अष्टमीको अवसरमा त्रिदिवशीय ग्रन्थ तथा चित्रकला प्रदर्शनी हुने भएको छ । श्री कृष्ण जन्माष्टमीको अवसरमा यस इस्कोन इटहरीद्वारा आज देखी तीन दिन सम्म इटहरीको रिजाल भिजन त्रि–दिवसीय वैदिक ग्रन्थ प्रदर्शनी तथा भाद्र २१ गते श्रीकृष्ण जन्माष्टमी महोत्सवको आयोजना गरिएको इस्कोन इटहरीका प्रतिनिधि ललित माधव दासले जानकारी दिए । त्रिदिवशीय महोत्सवमा वैदिक सनातन धर्मको प्रमुख ग्रन्थ श्रीमदभगवदगीता र श्रीमद्भागवतम्को प्रचार–प्रसार गृहस्थहरूका लागि आध्यात्मिक जीवनको ज्ञान , स्कुल तथा कलेजमा विद्यार्थीहरूलाई आध्यात्मिक प्रगतिका लागि भगवदगीता लगायतका पुस्तकहरू साथै ग्रन्थ तथा चित्रकला प्रदर्शनी कार्यक्रम रहेको र प्रदर्शनीमा ४० % छुटमा पुस्तकहरूको बिक्री गरिने बताइएको छ । प्रर्दशनीमा करिव १५ हजार जनाको सहभागिता हुने अनुमान गरिएको छ । जन्माष्टमीको भोली पल्ट इटहरीमा राधाकृष्ण शिव मन्दिरले निकालिने श्रीकृष्णको रथ यात्रामा समेत इस्कोन इटहरीको पनि सहभागिता जनाउने भएको छ ।

सम्बन्धित समाचार

तुलसी–दामोदरको विवाह गरी आज हरिबोधिनी एकादशी मनाइँदै

मकवानपुर ।आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी, देशभर भगवान् विष्णुको पूजा आराधना, तुलसीको विवाह र व्रत गरी मनाइँदैछ । यस दिन तुलसीलाई भगवान् दामोदर अर्थात विष्णुसँग वि…

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते