इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा हेमकर्ण पौडेललाई १,४६९ मतको अग्रता कायमै

सुनसरी / इटहरी उपमहानगरपालिकाको गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार हेमकर्ण पौडेलको अग्रता कायमै छ । इटहरी १, २, ३, १९ र २० को मतगणना हुँदा हालसम्म मेयरमा हेमकर्ण पौडेलले १,४६९ मतको अग्रता पाएका छन् । हेमकर्ण पौडेलले मेयरमा ६,८८२ मत प्राप्त गर्दा नेकपा एमालेका यामकुमार सुब्बाले मेयरमा ५,४१३ मत प्राप्त गरेका छन् । यता, राप्रपाबाट मेयर पदमा ५६६ मत प्राप्त गरेको छ । उपमेयरमा नेकपा एमाले ५,०६९ ,एकीकृत समाजवादी ३,७७९ र राप्रपाले ७०८ मत प्राप्त गरेको छ । अहिले इटहरी ४ र १७ को मतगणना सुरु गरिएको छ । हाल इटहरी २, ३, १९, १७ र ४ को मतगणना भइरहेको निर्वाचन अधिकृतको कार्यालय इटहरीले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालयले हालसम्म इटहरी १ र २० को अन्तिम नतिजा सार्वजनिक गरिसकेको छ । दुवै वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

सम्बन्धित समाचार

निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा

काठमाडौँ | फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सरकारलाई तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप…

इन्फो नेपाल संवाददाता

ओली भन्छन् ‘रास्वपाले चुनाव भाँड्न खोज्यो’, प्रचण्ड भन्छन् ‘इतिहासले पन्छाएकाहरूले भ्रम फैलाइरहेका छन्’

काठमाडौं/झापा | प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सत्तारूढ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरूले चुनाव बिथोल्ने प्रयास भइरहेको दाबी गर्दै सुरक्षा, शान्ति र न…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रास्वपाले चुनाव भाँड्न खोजिरहेको छ : अध्यक्ष ओली

झापा | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन भाँड्ने र बिथोल्ने दिशातर्फ गतिविधि बढाएको आरोप लगाएका छन्। शनिबार झापाको भद्रपुर विम…

इन्फो नेपाल संवाददाता