इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरी आएर ओलीले भने, ‘बजेटका लागि मलाई सम्झनुहोस्,’

इटहरी - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले योजनामा राख्न र बजेट पार्नका लागि आफूलाई सम्झनुपर्ने बताएका छन् । इटहरी ४ स्थित कचना माध्यमिक विद्यालयमा निर्माण भएको विद्यालय भवन उद्घाटन गर्दै उनले बजेट पार्नका लागि आफूलाई सम्झनुपर्ने बताएका हुन् । नेपाल सरकारको विशेष अनुदान कार्यक्रम अन्तर्गत विद्यालय ९ करोड ४६ लाख ८ हजार ५ सय ७८ रूपैयाँमा निर्माण सम्पन्न भएको कचना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढिक बहादुर राईले बताए । ‘योजनामा राख्न, बजेट पार्नका लागि मलाई सम्झनुहोस्,’ पूर्व प्रधानमन्त्रीसमेत रहेका उनले भने, ‘उद्घाटन ठूलो कुरा होइन, वडाध्यक्षले गरेपनि हुन्छ ।’ ओलीले इटहरी र सुनसरी क्षेत्रको विकासमा आफू सधैव तत्पर रहेको बताए । उनले सबैका लागि गुणस्तरीय शिक्षा उपलब्धताका लागि आफूले सक्दो सहयोग गर्नेसमेत बताए । विद्यालय उद्घाटन हुँदा शिक्षा क्षेत्रमा सहयोग पुग्ने वडा अध्यक्ष भक्त लामाले बताए । इटहरीका शिक्षा क्षेत्रमा इटहरी सरकार योजना लिएर अगि बढेको इटहरी उपमहानगरपालिकाकि उप प्रमुख संगिता कुमारी चौधरीले बताइन् ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क