इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरी उपमहानगरका वडा नं. ४,५,७,१२ र १६ नम्बर वडामा नेकपा एमालेको प्यानलै विजयी

सुनसरी / इटहरी उपमहानगरपालिका वडा नं.४, ५, ७, १२ र १६ नम्बर वडामा नेकपा एमालेको प्यानलै विजयी भएको छ । निर्वाचन अधिकृतको कार्यालय इटहरीका अनुसार इटहरी ४ नम्बर वडामा नेकपा एमालेका भक्त लामाले २,३७२ मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका विक्रमबाबु थापाले २,०४६ मत प्राप्त गरेका हुन् । यस्तै, महिला सदस्यमा लक्ष्मी चापागाईँ, दलित महिला सदस्यमा दिलु बराइली, खुल्ला सदस्यमा अमृतबहादुर बस्नेत र विश्वेस्वरप्रसाद शर्मा निर्वाचित भएका हुन् । इटहरी वडा नम्बर ५ का नेकपा एमालेका भीष्मकुमार घिमिरेले ३,०१९ मत प्राप्त गर्दै प्यानलै विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका जीवन न्यौपानेले २,८१३ मत प्राप्त गरे । यस्तै, महिला सदस्यमा धनमाया थापा, दलित महिला सदस्यमा हरिमाया विश्वकर्मा, खुल्ला सदस्यमा गोपाल गिरी र थामबहादुर खड्का विजयी भएका छन् । इटहरी ७ मा पनि नेकपा एमालेको प्यानलै विजयी भएको छ । एमालेका देवनारायण चौधरीले १,३१५ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका हेमा चौधरीले ९४७ मत प्राप्त गरे । यता,महिला सदस्यमा राधा आचार्य, दलित महिला सदस्यमा ललिता कुमारी मुसहर, खुल्ला सदस्यमा नेत्रप्रसाद गुरागाईँ र दीपक घिमिरे निर्वाचित भएका छन् । उता, इटहरी वडा नम्बर १२ मा एमालेका भुवनराज पोखरेलले ८२६ मत प्राप्त गर्दै एमालेका प्यानलै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका हेमानन्द दाहालले ५७६ मत प्राप्त गरे । यता,महिला सदस्यमा विन्दा केसी, दलित महिला सदस्यमा विमलीकुमारी सरदार, खुल्ला सदस्यमा सन्यासकुमार साह र सञ्जयकुमार मिश्र निर्वाचित भएका छन् । यस्तै, इटहरी १६ मा पनि एमालेका तेजनारायण चौधरीले २,३३३ मत प्राप्त गर्दै एमालेका प्यानलै निर्वाचित भएका छन् । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका दीपनारायण चौधरीले १,४३२ मत प्राप्त गरे । महिला सदस्यमा खीना खतिवडा, दलित महिला सदस्यमा धनमाया विश्वकर्मा, खुल्ला सदस्यमा सुनिल कुमार चौधरी र सीताराम चौधरी निर्वाचित भएका हुन् ।

सम्बन्धित समाचार

निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा

काठमाडौँ | फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सरकारलाई तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप…

इन्फो नेपाल संवाददाता

ओली भन्छन् ‘रास्वपाले चुनाव भाँड्न खोज्यो’, प्रचण्ड भन्छन् ‘इतिहासले पन्छाएकाहरूले भ्रम फैलाइरहेका छन्’

काठमाडौं/झापा | प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सत्तारूढ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरूले चुनाव बिथोल्ने प्रयास भइरहेको दाबी गर्दै सुरक्षा, शान्ति र न…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रास्वपाले चुनाव भाँड्न खोजिरहेको छ : अध्यक्ष ओली

झापा | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन भाँड्ने र बिथोल्ने दिशातर्फ गतिविधि बढाएको आरोप लगाएका छन्। शनिबार झापाको भद्रपुर विम…

इन्फो नेपाल संवाददाता