इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरी गोल्डकपमा १२ औँ संस्करणको सगरमाथा युथ क्लब मोरङ सेमिफाइनलमा प्रवेश

सुनसरी / सुनसरीको इटहरी रंगशालामा जारी १२ औँ संस्करणको अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता भइरहेको छ । त्यस खेलका अन्तिम क्वाटरफाइनल खेलमा सगरमाथा युथ क्लब मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ । न्यूरोड टिम (एनआरटी) विरुद्व ३-० ले पराजित गर्दै सगरमाथा युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । सगरमाथा युथ क्लबका लागि पहिलो हाफको तीन मिनेटमै आभाष लामिछानेले गोल गर्दै टिमलाई अग्रता दिलाएका भिए भने दोस्रो हाफको २४ मिनेटमा प्रदीप लामाले थप एक गोल गरेका थिए । लगत्तै खेलको २८ मिनेटमा पुनः आभाषले नै गोल गर्दै सहज जीत निकालेका हुन् । खेल अवधिभर गोल गर्ने प्रयत्न गरेपनि एनआरटी असफल बन्दा सगरमाथाका लागि सहज जीत हात परेको हो । प्रतियोगिताको बिजेताले सात लाख पाउनेछन् भने उपबिजेताले तीन लाख पचास हजार पाउने छन् । खेलको म्यान अफ द म्याच उनै आभाष हुँदै नगद १० हजार हात पारेका छन् । चैत २६ गतेसम्म हुने प्रतियोगितामा दुई बिदेशी सहित ८ टिमले सहभागी हुने आयोजक राष्ट्रिय जागृति क्लबले जनाएको छ ।

सम्बन्धित समाचार

एनपीएलको इलिमिनेटरमा आज चितवन र काठमाण्डौ खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाल…

इन्फो डेस्क

बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघ दर्ता छैनन्, पटक–पटकको सूचना बेवास्ता

मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघसंस्थाले दर्ता, आबद्धता तथा नवीकरण प्रक्रिया पूरा गरेका छैनन्। पटक–पटक सूचना जारी गरे पनि संघहरूले बेवास्ता गरेपछि परि…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल बेलुकी ५ बजे कीर्तिपुरको त्रिवि अ…

इन्फो डेस्क