इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरी चोकमा वीरेन्द्रको शालिक नराखेपछि असन्तुष्ट

सुनसरी / इटहरीको मुख्य चौकमा पूर्वराजा स्वर्गीय वीरेन्द्र शाहको शालिक राख्ने भनेपछि अहिले अर्कै शालिक राखिएको भन्दै इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलसँग डेलिगेशन पुगेको छ । वीरेन्द्र चौकबाट नामकरण भएको इटहरी चोकमा वीरेन्द्रकै शालिक पुनःस्थापना हुनुपर्ने भन्दै इटहरीका केही नागरिकहरू मेयरसँग भेट्न इटहरी उपमहानगर पुगेका हुन् । आफू निर्वाचित भएसँग इटहरी चोकमा वीरेन्द्रको शालिक राख्नुपर्यो भन्दै मेयर पौडेलले आफैँले बोलाएर आफूसँग सल्लाह लिइ निर्णय गरेको र अहिले अर्कैको शालिक राखेर आफूहरूलाई अपमान गरेको इटहरीका बाबुराम प्रधानले बताए । गत असोज ८ गते बसेको एक भेलाले आइतबार मेयरलाई भेट्ने र इटहरी उपमहानगर र जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको छ । आइतबार मेयर पौडेललाई भेट्न जाँदा वीरेन्द्रको शालिक राख्ने काम नहुने र अहिले बन्न लागेको शालिक ‘कसैले रोक्न नसक्ने’ जवाफ दिएका थिए । वीरेन्द्रको शालिक राख्ने निर्णय गरेपछि जनजाति महासंघ विद्यार्थी संगठन तथा राजनितिक दवाव समेत खेपेका नगरप्रमुख पौडेलले इटहरी थारुहरुको भुमि भएकाले थारु जातिको प्रतिमा राख्नु उचित भएको भन्दै इटहरीको मुख्य चौकमा इट बोकेको थारुको प्रतिमा राख्ने काम भइरहेको बताएका छन् ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क