इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरी २० तरहराकी ३० वर्षीया रमा चौहानले एकै पटकमा तीन सन्तान जन्माइन्

सुनसरी / इटहरी- २० तरहरा बस्ने ३० वर्षीया रमा चौहानले कृतिम गर्भाधारणबाट तिम्ल्याहा नवजात शिशुलाई जन्म दिएकी छिन् । गत कात्तिक १० गते विराटनगरस्थित विराट नर्सिङ होममा ६ महिनाकै आईभिएफ अर्थात् कृत्रिम गर्भाधारण विधिबाट चौहानले तिम्ल्याहा छोरी जन्माएकी हुन् । अस्पतालका वरिष्ठ नवजात तथा बालरोग डा. दिपराज अधिकारीको नेतृत्वमा १६ जनाको स्वास्थ्यकर्मीको टोलीले तिम्ल्याहा नवजात शिशुको सफल उपचार गरेपछि हाल उनीहरुको अवस्था सामान्य रहेको छ । आमा र ३ वटै छोरीको अवस्था सामान्य रहेको छ । अस्पतालका अनुसार छोरी जन्मिदा उनीहरुको तौल सामान्यभन्दा निकै कम थियो । एउटाको ८०० र बाँकी दुईवटा छोरीको तौल ९०० ग्राम मात्र थियो । बिहीबार पत्रकार सम्मेलन गरी आमाछोरी चारैजनाको खतरामुक्त अवस्थामा रहेको अस्पताल प्रशासनले जनाएको छ । उनीहरुको तौल १३ सयदेखि १५ सय पुगेपछि पारिवारिक पालनपोषणको अवस्था बिश्लेषणको आधारमा उनीहरुलाई डिस्चार्ज दिने तयारी रहेको अस्पतालले जनाएको छ । शिशुहरुको तौल सामान्य अवस्थामा पुग्न करिब १५ दिनको समय लाग्ने भएको छ । हाल शिशुहरु १४ दिनको भएका छन् । शिशुहरुमा अहिले कुनै समस्या नदेखिएकाले भबिष्यमा हुनसक्ने सम्भावित जोखिमबाट समेत उनीहरु खतरामुक्त रहेको अस्पतालका वरिष्ठ नवजात शिशु तथा बालरोग बिशेषज्ञ डा. दीपराज अधिकारीले बताए । विराट नर्सिङ होमको आईभिएफ प्रविधिका कारण पहिलो सन्तानको रुपमा छोरी पाएपछि लामो समयदेखि निःसन्तान रहँदै आएकी रमाले खुशी व्यक्त गरेकी छिन् ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क