सुनसरी / इटहरी ४ कि २१ वर्षीया श्रद्धा घिमिरेले सलको पासो लगाएर आत्मह'त्या गरेकी छिन् ।
उनी दिदि भिनाजुकोमा बसेर इटहरीकै सुस्मा कलेजको कक्षा १२ मा अध्ययन गर्दै आएकी थिइन् । दिदी भिनाजु बाहिर काममा जाने र राति आउने गरेको र दिउँसो कोठामा एक्लै भएको अवस्थामा हिजो सोमबार कोठामा सलको पासो लगाएर आत्मह'त्या गरेकी इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
प्रहरीका अनुसार सोमबार ३-४ बजेको समयमा फोन गर्दा फोन रिसिभ नभएपछि साँझ ५ बजेतिर कोठा खोल्ना नखोलिएपछि ढोका फोरेर हेर्दा सलको पासो लगाएको अवस्थामा भेटिएकी हुन् ।
मृतकको पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । मृतकको मोबाइल प्रहरीले जफत गरेको छ । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। फेरिचे हेलिप्याडमा अव…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…