इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरी ६ को जुट विकास नजिकै एकता टोलमा चितुवा भेटिएपछि……

सुनसरी / इटहरी ६ स्थित जुट विकास नजिकै एकता टोलमा आज बिहान चितुवा भेटिएको छ । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरीको मुख्य चौकमा पर्ने यो क्षेत्रमा सोमबार बिहान चितुवा भेटिएको हो । चितुवा भेटिएपछि अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला बन कार्यालय सुनसरीसहितको टोलीले सुरक्षित रूपमा नियन्त्रण लिनेबारे छलफल भइरहेको छ । यस्तै, कोशीटप्पु वन्यजन्तु आरक्षबाट पनि कर्मचारीहरू आइरहेको घटनास्थलमा रहेका पत्रकार मनोज भुजेलले जानकारी दिए ।‘इटहरीमा कहिल्यै नदेखिएको चितुवा अहिले देखिएपछि इटहरीका स्थानीय अचम्मित भएका छन् । पत्रकार भुजेलले भने, ‘अहिले सुरक्षा निकायको छलफल भइरहेकाले यसलाई सुरक्षित रूपमा नियन्त्रण लिने प्रयास भइरहेको छ, कहाँबाट, कसरी र कतिबेला आयो भन्ने यकिन खुलेको छैन ।’ इटहरी ६ एकता टोलका नेरु चौधरीको घरको ग्राउण्डमा अहिले चितुवा बसेको छ । प्रहरीले नेटको माध्यमबाट नियन्त्रणमा लिने प्रयास गरिएपनि सुरक्षा निकायको छलफल भइरहेको पत्रकार भुजेलले बताए ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क