इन्फो नेपाल — सञ्चारको सञ्जाल

ईलामको चुलाचुलीमा युवाहरुको खु´कुरी प्र´हारबाट दमकको वेलडाँगीका एक युवाको मृत्यु

सुनसरी / ईलामको चुलाचुलीमा युवाहरुको खु´कुरी प्र´हारबाट दमकको वेलडाँगीका एक व्यक्तिको मृत्यु भएको हो । ईलामको चुलाचुलीमा युवाहरुको खु´कुरी प्र´हारबाट दमकको वेलडाँगीमा रहेको भूटानी शरणार्थी शिविरका एलबी गुरुङ नामले चिनिने ४६ बर्षीय लालबहादुर गुरुङलाई झापा र इलामको सिमामा पर्ने रतुवाखोलाको पुलमा हिजोआज बुधबार धारिलो हतियार प्रहार भएको थियो । गुरुङको खुट्टा र हातमा गहिरो चोट लागेकाले उपचारकोक्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । गुरुङ माथि दमक र ईलामको चुलाचुली जोड्नैश झोलुङे पुल पारि पट्टि हतियार आक्रमण भएको हो । गम्भिर घाईते गुरुङलाई लाइफलाइन अस्पताल ल्याईएकोमा उपचार असम्भव भएकाले विर्तामोड स्थित वीएनसी अस्पतालमा लगिएको थियो । गुरुङको उपचारकैक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गुरुङ यस अघि पटक पटक जेल सजाय भोगेर केही समय अघि शरणार्थी शिविरमा आएका थिए । गुरुङ चुलाचुली क्षेत्रका यूवाहरुसँग झगडा गर्न त्यस तर्फ गएको स्थानीय प्रत्यक्षदर्शीले बताए । खुकुरी प्रहार किन गरिएको के कारणले गेरेको र गुरुङलाई आक्रमण गर्ने युवाहरुको पहिचान भईसकेकाले घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क