इन्फो नेपाल — सञ्चारको सञ्जाल

एउटा मोबाइलमा कतिओटा ई-सिम प्रयोग गर्न सकिन्छ ?

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकम र निजी स्तरको एनसेल आजियटाले आफ्ना ग्राहकलाई ई-सिम वितरण गरिरहेका छन् । नेपाल टेलिकमको ई-सिम देशभरका नेपाल टेलिकमका देशभरका काउन्टरमार्फत लिन सकिन्छ । त्यस्तै एनसेलका लागि भने आफ्नो नागरिकता नम्बर, इमेल ठेगाना टाइप गरी १७१२५ मा एसएमएस पठाउनु पर्नेहुन्छ । एनसेलको ई-सिम लिने प्रक्रियाबारे जान्न यहाँ क्लिक गर्नुहोस् । पछिल्लो समय ई-सिमको चर्चा बढेसँगै यसले सर्वसाधारणमा थुप्रै अन्योलता सिर्जना गरेको पाइएको छ ।  यद्यपि ई-सिमलाई लिएर मानिसहरूमा अझै पनि थुप्रै द्विविधा रहेको पाइएको छ । हरेक ई-सिमका समाचारमा मोबाइल सेवा प्रदायकले ई-सिम वितरण गरिरहेको छ भन्ने खबर एकातर्फ पढिरहेका छौँ भने अर्कोतर्फ ई-सिम भनेको डिभाइसमा पहिले नै जडित भएर आउने सिम हो भन्ने बुझिरहेका छौँ । वास्तवमा ई-सिम अर्थात् ईम्बेडेड सिम भनेको फोन निर्माण हुँदा नै निर्माता कम्पनीले जडान गरेको ई-सिम चिप हो । यो विश्वका सबै देशका लागि एउटै हुन्छ । तर, हरेक देशमा मोबाइल सेवा प्रदायक भिन्नाभिन्नै हुने भएकाले प्रयोगकर्ताले नयाँ सेवा प्रदायकको "ई-सिम प्रोफाइल" इन्स्टल गरेर एक्टिभेट गरेको हुनुपर्छ । टेलिकम तथा एनसेलले उपलब्ध गराएको क्यूआर कोड वा एसएमडीपी एड्रेस (SM-DP+Address) र एक्टिभेसन कोड प्रयोग गरेर तपाईँले आफ्नो डिभाइसमा ई-सिम एक्टिभेट गर्नुपर्ने हुन्छ । टेलिकम तथा एनसेलले वितरण गर्ने ई-सिम भन्नु नै उनीहरुले क्यूआर कोड एक्टिभेसन कोड उपलब्ध गराउनु हो । यहाँ हामीले मानिसहरूमा भएका विभिन्न अन्योलतालाई प्रस्ट पार्ने प्रयास गरेका छौँ ।​​ मोबाइल सेवा प्रदायकबाट ई-सिम एक्टिभेट हुनासाथै भौतिक सिम डिएक्टिभेट हुन्छ । यसको अर्थ भौतिक सिम त्यसपछि निस्क्रिय हुन्छ । त्यसलाई अर्को फोनमा प्रयोग गर्दा सपोर्ट गर्दैन । त्यसैले कुनै नम्बरको कि भौतिक सिम अस्तित्वमा हुन्छ कि ई-सिम अस्तित्वमा हुन्छ । एउटै नम्बरको भौतिक सिम र ई-सिम हुने कुरा असम्भव छ ।​ ई-सिम प्रयोग गर्न चाहनेलाई त्यसको गुणस्तर कस्तो हुन्छ भन्ने कुराको अन्योलता हुन सक्छ । नेपाल टेलिकमका सहप्रवक्ता रञ्जित लोहियाले ई-सिमको गुणस्तर र भौतिक सिमको गुणस्तरमा कुनै भिन्नता नरहने जानकारी दिएका छन् । भौतिक सिम प्रयोग गर्दा प्रयोगकर्ताले जुन गुणस्तरको इन्टरनेट तथा भ्वाइसको गुणस्तर पाउँछन् त्यही गुणस्तरको सेवा ई-सिममा पाइने उनको भनाइ छ । यसको अर्थ प्रयोगकर्ताले इन्टरनेट र भ्वाइसको गुणस्तरको कुरामा कुनै चिन्ता नलिएर निर्धक्क प्रयोग गर्न सक्छन् । एउटा मोबाइलमा कतिओटा ई-सिम प्रयोग गर्न सकिन्छ ? हरेक मोबाइल निर्माता कम्पनीले ई-सिमका लागि छुट्टा छुट्टै व्यवस्था तयार पारेका हुन्छन् । यदि तपाईँको फोन ई-सिम सपोर्ट गर्ने रहेछ भने भने डिभाइस अनुसार थुप्रै ई-सिम प्रोफाइल बनाउन सकिन्छ । उदाहरणका लागि हामीले फेसबुकमा आफूले चाहेजति अकाउन्ट लगइन गर्न सक्छौँ । तर, एक पटकमा एउटा अकाउन्ट मात्र प्रयोग गर्न सकिन्छ । तत्कालै अर्को अकाउन्ट प्रयोग गर्नुपर्‍यो भने उक्त अकाउन्ट लगआउट गरी अर्को अकाउन्ट लगइन गर्न सक्छौँ । त्यसरी नै आफूले चाहेको ई-सिमको प्रोफाइल छानेर प्रयोग गर्न सकिन्छ । तर, एकपटकमा कतिओटा ई-सिम सक्रिय गराउने भन्ने कुरा हरेक डिभाइस अनुसार फरक फरक हुन सक्छ । हालसम्म औसतमा एउटा डिभाइसमा तीन ओटा ई-सिम प्रयोग गर्न सकिने बताइएको छ । त्यस्तै प्रायः फोनमा एक पटकमा एउटा मात्र ई-सिम प्रयोग गर्न सकिन्छ । ई-सिम सपोर्ट गर्ने फोनमा कम्तीमा तीन ओटा ई-सिम प्रोफाइल बनाउन सकिने बताइएको छ । यसको अर्थ तपाईँले एउटै मोबाइलमा तीन ओटासम्म ई-सिम प्रोफाइल तयार पार्न सक्नुहुन्छ । तर, एकपटकमा एउटा मात्र ई-सिम सक्रिय हुन्छ ।​ ई-सिम भनेको फोन निर्माण हुँदा नै त्यसमा जडान भएर आउने चिप हो । र भौतिक सिम भनेको तपाईँले सिम-ट्रे झिकेर त्यसमा राख्न सकिने सिम हो । कुनै पनि नम्बरको कि भौतिक सिम अस्तिवमा हुन्छ कि ई-सिम । यदि तपाईँको फोनमा एउटा मात्र भौतिक सिम लाग्छ र उक्त फोनले ई-सिम सपोर्ट गर्छ भने दुवै सिम प्रयोग गर्न सक्नुहुन्छ । ई-सिम कुन डिभाइसमा कतिओटा सपोर्ट हुन्छ भन्ने कुरा फोन अनुसार फरक हुन्छ । यदि तपाईँले त्यही फोनमा एनसेलको ई-सिम र नेपाल टेलिकमको भौतिक सिम प्रयोग गर्न खोज्नु भएको छ भने सकिन्छ । त्यस्तै नेपाल टेलिकमको सिम ई-सिमका रूपमा र एनसेलको सिम भौतिक रूपमा प्रयोग गर्न खोज्नु भयो भने पनि सकिन्छ । एउटै नम्बरको सिम ई-सिम र भौतिक सिमका रूपमा प्रयोग गर्न सकिँदैन ।

सम्बन्धित समाचार

फेसबुक पेज–नामबारे फैलिएको भ्रम : ‘पहिले बनायो भने अधिकार हुन्छ’ भन्ने दाबीको वास्तविकता

काठमाडौँ | नेपालमा सामाजिक सञ्जालको पहुँच तीव्र गतिमा बढ्दै गएको छ। त्यससँगै फेसबुक पेज–नामसँग सम्बन्धित केही गलत बुझाइ पनि रुढ भइरहेका छन्। पछिल्लो समय धेरैले “पहिले पेज बनाएकोले…

इन्फो नेपाल संवाददाता

नेपाललाई कर तिर्ने फेसबुक सञ्चार मन्त्रालयमा दर्ता हुन किन चाहेन ?

हेटौँडा |सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई ‘दर्ता नभएको’ भन्दै २६ वटा अनलाइन सेवा बन्द गर्ने निर्णय गरेपछि ठूलो बहस सुरु भएको छ। फेसबुक, युट्युब, गुगललगायतका कम्पनीहरूले नेपालमा…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

ब्लक हुने एप प्रयोगकर्ताबीच सुरक्षित निःशुल्क भीपीएन ‘१.१.१.१’ चर्चामा

हेटौँडा | सरकारले दर्ता नभएका सामाजिक सञ्जाल र एप बन्द गर्ने निर्णय कार्यान्वयन गरेसँगै प्रयोगकर्ताबीच निःशुल्क भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग बढ्न थालेको छ। साइबर सुरक्ष…

इन्फो नेपाल संवाददाता