इन्फो नेपाल — सञ्चारको सञ्जाल

उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा जीवन पराजुली निर्वाचित, को को भए त निर्वाचित

सुनसरी / उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा जीवन पराजुली निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार पराजुलीले १,१८६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । अध्यक्षकै उम्मेदवार रञ्जु सिग्देल (चौलागाईँ) ले ८४७ मत प्राप्त गरिन् भने गायत्री कटवाल (भण्डारी) ले ५६३ मत प्राप्त गरिन् । यता, मणिन्द्रकुमार कटवालले ४० मत प्राप्त गरेका हुन् । वाणिज्य तथा महिला तर्फको मतगणना पनि सम्पन्न भइसकेको छ । सार्वजनिक मत परिणाम अनुसार जिवन पराजुली समूहका सिनेट रिजाल १२२१ मत सहित निर्वाचित भएका छन् । उनी उद्योग वाणिज्य संघ इटहरीका कान्छा उमेदवार हुन् । यस्तै, रञ्जु सिग्देल प्यानलबाट १०२२ मत सहित राकेश श्रेष्ठ निर्वाचित बनेका छन् । पराजुली प्यानलबाट नै ध्रुव अधिकारी ९०४ मत, संजय शाह ८८१ मत,अशोक अग्रवाल ८३४ मत, शन्नी चौधरी ८२६ मत सहित निर्वाचित भएका छन् । यता रञ्जु सिग्देल प्यानलबाट श्रेष्ठसँगै सुरेश कार्की ८२४ मत र ढुण्डीराज गुरागाई ८१२ मत सहित निर्वाचित भएका छन् । महिला सदस्य तर्फ दुवै जना पराजुली समूहले बाजी मारेको छ । पराजुली समूहका शोभा कोइराला (सबिना)१२४९ मत प्राप्त गर्दै निर्वाचित भएकी छन् भने पराजुली प्यानलकै मिना ढकाल ९१६ मत प्राप्त गर्दै विजयी भएकी छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क