इन्फो नेपाल — सञ्चारको सञ्जाल

उपत्यकाको प्रारम्भिक मतगणनामा घण्टीको अग्रता

काठमाडौं । मतगणना सुरु भएका काठमाडौंका पाँच निर्वाचन क्षेत्रमध्ये तीनवटामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले अग्रता लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले काठमाडौं क्षेत्र नम्बर ६, ७ र ८ मा अग्रता लिएका हुन् । काठमाडौं-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल, ७ मा गणेश पराजुली र ८ मा विराजभक्त श्रेष्ठले प्रतिस्पर्धीहरुलाई पछि पारेका छन् । काठमाडौं-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष पुकार बम तेस्रो स्थानमा छन् । काठमाडौं-४ मा नेपाली कांग्रेसका गगन थापाले अग्रता लिएका छन् र यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पनि छैनन् । अहिले काठमाडौं १, ४, ६, ७ र ८ मा मतगणना भइरहेको छ । ललितपुरका तीन निर्वाचन क्षेत्रमा मतगणना भइरहेकोमा सबै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरु तेस्रो स्थानमा छन् । ललितपुर-१ मा सचिनकुमार घिमिरे, २ मा बुद्धरत्न महर्जन र ३ मा तोसिमा कार्की तेस्रो स्थानमा छन् । मतगणना भइरहेको भक्तपुर-२ मा कांग्रेस र एमालेको प्रतिस्पर्धा छ ।

सम्बन्धित समाचार

निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा

काठमाडौँ | फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सरकारलाई तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप…

इन्फो नेपाल संवाददाता

ओली भन्छन् ‘रास्वपाले चुनाव भाँड्न खोज्यो’, प्रचण्ड भन्छन् ‘इतिहासले पन्छाएकाहरूले भ्रम फैलाइरहेका छन्’

काठमाडौं/झापा | प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सत्तारूढ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरूले चुनाव बिथोल्ने प्रयास भइरहेको दाबी गर्दै सुरक्षा, शान्ति र न…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रास्वपाले चुनाव भाँड्न खोजिरहेको छ : अध्यक्ष ओली

झापा | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन भाँड्ने र बिथोल्ने दिशातर्फ गतिविधि बढाएको आरोप लगाएका छन्। शनिबार झापाको भद्रपुर विम…

इन्फो नेपाल संवाददाता