इन्फो नेपाल — सञ्चारको सञ्जाल

एक्सपर्ट एजुकेशन इटहरीको २० औं बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम

इटहरी / एक्सपर्ट एजुकेशनको २० औं बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको हो । मंगलबार एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस इटहरी शाखाको आयोजनामा नेपाल रेडक्रस सोसाइटी इटहरीले सहयोग गरेको थियो । रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेका थिए । पछिलो समय देशैभर रगतको अभाव भएको कुरा मध्यनजर गर्दै, रगतको अभाव नहोस् भन्ने उद्देश्यले देशैभर रक्तदान कार्यक्रमको आयोजना गरिएको एक्सपर्ट एजुकेशन इटहरी शाखाका सञ्चालक भवकृष्ण तिम्सीनले वताए । जोखिममा परेका कसैको ज्यान बचाउनु नै मानवीय धर्म हो भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको हो । पेशा, व्यवसाय हामी सबैको फरकफरक भए पनि समाजमा बसेपछि मानवताको नाताले निर्वाह गर्नु पर्ने भूमिका निर्वाह गर्नु हाम्रो दायित्व हो । एउटाको सहयोगले मृत्यु शैय्यामा पुगेका कसैको ज्यान बच्छ भने त्यहि नै धर्म हो भन्ने भावनाले २० औं बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको इटहरी शाखाका सञ्चालक कमल तिम्सिनाले वताए । आफ्नो शिक्षण पेशा र व्यवसायलाई मात्र अघि बढाएको छैन मानवीय धर्म नै पहिलो समाजमा बस्नुको आधार हो भन्ने स्थापित गरिरहेको छ । ‘पहिले असल समाज हो र त्यो स्थापित गर्ने असल शिक्षा हो,’ सञ्चालक तिम्सिनाले भन्छन् । इटहरी उपमहानगरपालिकाको कार्यलय अगाडि, रक्तदान कार्यक्रम विहान ७ देखि १० सम्म सञ्चालन गरिएको हो । प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी धरानको रहेको थियो । रक्तदान कार्यक्रममा विद्यार्थी, शिक्षक, विभिन्न पेशा, व्यवसायका व्यक्तिहरु र स्थानीय पनि सहभागी भएका थिए । कन्सल्टेन्सीले अष्ट्रेलिया , क्यानडा , युके , युएसए लगाएत देश जाने विद्यार्थीहरूलाई भाषा पढाउदै आएको छ ।

सम्बन्धित समाचार

किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी

हेटौँडा । सामान्यतया घरमा आमाबुबाले छोराछोरीलाई नयाँ कुरा सिकाउँछन्। तर हेटौँडा उपमहानगरपालिका–१८ हर्नामाडीकी सपना ढुङ्गानाको घरमा केही दिनअघि फरक अनुभव भयो। कक्षा ४ मा अध्ययनरत छो…

बसन्त भण्डारी

बागमती प्रदेशको उत्कृष्ट सामुदायिक विद्यालयमा हेटौँडाको जनप्रिय मावि छनोट

हेटौँडा । मकवानपुरको हेटौँडास्थित जनप्रिय माध्यमिक विद्यालय बागमती प्रदेशको उत्कृष्ट सामुदायिक माध्यमिक विद्यालयका रूपमा छनोट भएको छ। प्रधानाध्यापक संघ नेपाल (पान) ले तेस्रो राष्ट्…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मकवानपुरका पाँच गाउँपालिकासहित हेटौँडामा विद्यालय बन्द

हेटौँडा, ८ असोज । भारी वर्षासँगै बाढी, पहिरो तथा खोला–खहरेमा पानीको बहाव बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै मकवानपुरका पाँच गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाले विद्यालय बन्द गर्न…

इन्फो डेस्क