इन्फो नेपाल — सञ्चारको सञ्जाल

एक व्यक्ति, एक पदकाे व्यवस्था हुने माओवादीमा

नेकपा (माओवादी केन्द्र) ले सबै कमिटीमा एक व्यक्ति एक पदको अवधारणा लागू गर्ने निर्णय गरेको छ । शुक्रबार भर्च्यूअल रूपमा बसेको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो ।

यसपिछ अब चाँडै नै पार्टीमा एक व्यक्ति, एक पदको व्यवस्था लागू हुने नेताहरूले बताएका छन् ।यस्तै बैठकले पार्टीमा प्रदेश र पालिका कमिटीमा सात,सात पदाधिकारी रहने व्यवस्था गरेकाे छ भने वडा कमिटीमा पाँच पदाधिकारी र टोल कमिटीमा अध्यक्ष र सचिवगरी दुई पदाधिकारी रहने व्यवस्था गरेको छ ।माओवादी केन्द्रले पछिल्लो समय संगठन विस्तार र सुदृढीकरणलाई प्राथमिकता दिँदै आएको छ भने युवा पुस्तालाई विशेष महत्त्वमा राखेको छ ।

सोहीअनुसार जिम्मेवारी बाँडफाँट गरिने बताइएकाे छ । बैठकको अध्यक्षता पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेपनि सम्बोधन भने गरेनन् । उनी अस्वस्थ भएको कारण उनले सम्बोधन नगरेका हुन् ।माओवादी केन्द्रले आउँदाे पुस ११ देखि १३ गतेसम्ममा सम्मेलन गर्दैछ । त्यसका लागि संगठित सदस्यता नवीकरण अभियान चलाइरहेकाे छ । नवीकरण गर्ने समय अपुग भएकाले समय लम्ब्याउनुपर्नेमा धेरै नेताहरूले जाेड दिएका थिए ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क