इन्फो नेपाल — सञ्चारको सञ्जाल

एटीएमबाट पैसा झिक्दा फस्नसक्छ तपाईँको नगद, नगर्नुहोस् यस्ता गल्ती

काठमाडौं । आफ्नो बैंक खातामा रहेको नगद झिक्न तपाईँ पक्कै पनि एटीएममा त जानु नै हुन्छ । आफूले नभोगेको भए नगद निकाल्दा पैसा एटीएममा फसेको घटना त सुन्नु भएकै होला । त्यसैले आज हामी तपाईंलाई यस्तो विषयमा बताउँदै छौँ, जुन गल्तीका कारण एटीएममा रकम फस्न सक्छ । यद्यपि यस किसिमको घटना केही सीमित व्यक्तिहरूले मात्र भोग्नुपरेको हुन्छ ।यदि तपाईँमाथि पनि यस किसिमको घटना घटेर हैरानी खेप्नुपर्ने अवस्था नआओस् भन्ने कुरालाई मध्यनजर गर्दै  आज हामी त्यसका लागि अपनाउनु पर्ने सावधानीको विषयमा बताउँदै छौँ । १. ट्रान्जेक्सन अर्थात कारोबार पूरा हुन दिनुहोस् एटीएमले ट्रान्जेक्सनका दौरान अन्य कुनै पनि बटन दबाउने गल्ती नगर्नुहोस् । टच स्क्रिनमा नछुनुहोस् ता कि मसिनमा गलत किसिमको कमान्ड अर्थात निर्देशन जाने अवस्था नआओस् ।केही व्यक्तिहरू एटीएमलाई रकम झिक्ने कमान्ड दिइसकेपछि पनि स्क्रिनमा बटन दबाइराख्ने कार्य गर्दछन् । जसका कारण एटीएममा गलत किसिमको कमान्ड जाने गर्दछ र सुरक्षाको हिसाबले एटीएम मसिनमा रकम फस्ने अवस्था आउँछ ।यदि तपाईंले पनि यस्तै किसिमको व्यवहार अपनाउने गर्नु भएको छ भने अबका दिनमा यस विषयमा अवश्य विचार पुर्‍याउनुहोस् । २. नगद झिक्दा अबेर नगर्नुहोस् एटीएमबाट कति रकम झिक्ने भन्ने कुरा निश्चित गरिसकेपछि अगाडिको प्रक्रिया पूरा गर्नका लागि कन्फर्म वा प्रोसिड बटनमा दबाउनुपर्ने हुन्छ । त्यसपछि एटीएमबाट नगद रकम निस्किन थाल्छ ।जब नगद बाहिर आउँछ, तुरुन्तै मसिनबाट हातमा लिनुहोस् । यदि तपाईंले त्यस समय ढिलाई गर्नु भयो भने तपाईंको रकम या त फस्ने गर्छ अथवा फेरि भित्र जाने गर्छ । ३. दोहोर्‍याएर मसिनमा कार्ड नछिराउनुहोस् यदि तपाईं एटीएमले ट्रान्जेक्सन अगाडि बढाइरहँदा पुनः कार्ड भित्र हाल्ने प्रयास गर्नुहुन्छ भने त्यसले समेत तपाईंको रकम फस्ने सम्भावना अत्यधिक हुन्छ । त्यसैले ट्रान्जेक्सन पूरा भएर रकम बाहिर ननिस्किएसम्म पुनः एटीएम कार्ड मसिनमा राख्ने गल्ती नगर्नुहोस् ।अन्त्यमा यदि सावधानी अपनाउँदा अपनाउँदै एटीएममा आएको प्राविधिक गडबडीका कारण तपाईंको रकम वा कार्ड केही गरी मसिनमा अड्किन पुग्यो भने पनि नआत्तिनुहोस् । एटीएम मसिन वरपर रहेका बैंक कर्मचारी वा गार्डलाई जानकारी गराउनुहोस् । यदि त्यो सम्भव भएन भने आफ्नो खाता रहेको बैंक वा सम्बन्धित बैंकको ग्राहक सेवा केन्द्रमा फोन गरेर जानकारी गराउनुहोस् ।

सम्बन्धित समाचार

फेसबुक पेज–नामबारे फैलिएको भ्रम : ‘पहिले बनायो भने अधिकार हुन्छ’ भन्ने दाबीको वास्तविकता

काठमाडौँ | नेपालमा सामाजिक सञ्जालको पहुँच तीव्र गतिमा बढ्दै गएको छ। त्यससँगै फेसबुक पेज–नामसँग सम्बन्धित केही गलत बुझाइ पनि रुढ भइरहेका छन्। पछिल्लो समय धेरैले “पहिले पेज बनाएकोले…

इन्फो नेपाल संवाददाता

नेपाललाई कर तिर्ने फेसबुक सञ्चार मन्त्रालयमा दर्ता हुन किन चाहेन ?

हेटौँडा |सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई ‘दर्ता नभएको’ भन्दै २६ वटा अनलाइन सेवा बन्द गर्ने निर्णय गरेपछि ठूलो बहस सुरु भएको छ। फेसबुक, युट्युब, गुगललगायतका कम्पनीहरूले नेपालमा…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

ब्लक हुने एप प्रयोगकर्ताबीच सुरक्षित निःशुल्क भीपीएन ‘१.१.१.१’ चर्चामा

हेटौँडा | सरकारले दर्ता नभएका सामाजिक सञ्जाल र एप बन्द गर्ने निर्णय कार्यान्वयन गरेसँगै प्रयोगकर्ताबीच निःशुल्क भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग बढ्न थालेको छ। साइबर सुरक्ष…

इन्फो नेपाल संवाददाता