इन्फो नेपाल — सञ्चारको सञ्जाल

एनटिसीको ल्यायो अटम अफर ६ सयमा महिनाभर डाटा र भ्वाइस सेवा

नेपाल टेलिकमले मोबाइल सेवामा अटम अफर ल्याएको छ । यस अघि समर अफरलाई परिमार्जन गरी आकर्षक डाटा र भ्वाइस प्याकहरु उपलब्ध गराएको विज्ञप्ती मार्फत जनाएको हो । ९० दिनसम्म रहने अटम अफर आज(सोमबार) देखि लागु हुने जनाएको छ । अफरमा सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफर पनि रहेको छ । यसमा ३० दिनसम्म चलाउन मिल्ने गरी ५९९ रुपैयाँमा अनलिमिटेड अननेट भ्वाइस सेवा दिएको छ । साथै अटम अफर खरिद गरेपश्चात् सुलभ दरमा डाटा सेवा समेत लिन चाहेमा ग्राहकले २९९ मा प्रतिदिन १ जिबीका दरले ३० दिनसम्म उपयोग गर्न सकिने ३० जिबी डाटा सेवा खरिद गर्न सक्नेछन् ।टेलिकमले अर्को सजिलो अनलिमिटेड पोस्टपेड ७९९ अफर ल्याएको छ । यसमा जम्मा ७९९ मा अनलिमिटेड अननेट भ्वाइस सेवा, प्रतिदिन १ जिबीका दरले ३० दिन प्रयोग गर्न सकिने ३० जिबी डाटा, २०० वटा अननेट सन्देश, ५० मिनेट अफ नेट भ्वाइस र ५० वटा अफ नेट सन्देश पठाउने सुविधा उपलब्ध हुनेछ । अर्को सजिलो अनलिमिटेड पोस्टपेड ९९९ अफर समेत रहेको छ । यसमा जम्मा ९९९ मा अनलिमिटेड भ्वाइस र ४०० वटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन २ जिबीका दरले ३० दिनसम्म प्रयोग गर्न सकिने ६० जिबी डाटा, १०० मिनेट अफ नेट भ्वाइस र १०० वटा अफ नेट सन्देश पठाउन सकिनेछ । अर्को थप सजिलो अनलिमिटेड पोस्टपेड १४९९ अफर ल्याएको छ । यसमा जम्मा १४९९ मा अनलिमिटेड भ्वाइस, १००० वटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन ४ जिबीका दरले ३० दिन प्रयोग गर्न सकिने १२० जिबी डाटा, २०० मिनेट अफ नेट भ्वाइस र २०० वटा अफ नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध हुनेछ । टेलिकमले सस्तो प्रिपेड कम्बो प्याक पनि सार्वजनिक गरेको छ । यसमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि १५० मिनेट भ्वाइस, १.५ जिबी डाटा र १५ वटा अननेट सन्देश (अननेट) जम्मा २९९ मा २८ दिनसम्म प्रयोग गर्न सकिनेछ । साथै सजिलो अनलिमिटेड प्रिपेड ५९९ प्याक अफरमा भने जम्मा ५९९ मा प्रतिदिन १ जिबीका दरले २८ दिन प्रयोग गर्न सकिने २८ जिबी डाटा उपलब्ध हुनेछ । यो प्याक लिनुभएका ग्राहकहरुले अनलिमिटेड भ्वाइस सेवा लिन चाहनुभएमा जम्मा २९९ मा २८ दिनसम्म प्रयोग गर्न सकिने छ

सम्बन्धित समाचार

फेसबुक पेज–नामबारे फैलिएको भ्रम : ‘पहिले बनायो भने अधिकार हुन्छ’ भन्ने दाबीको वास्तविकता

काठमाडौँ | नेपालमा सामाजिक सञ्जालको पहुँच तीव्र गतिमा बढ्दै गएको छ। त्यससँगै फेसबुक पेज–नामसँग सम्बन्धित केही गलत बुझाइ पनि रुढ भइरहेका छन्। पछिल्लो समय धेरैले “पहिले पेज बनाएकोले…

इन्फो नेपाल संवाददाता

नेपाललाई कर तिर्ने फेसबुक सञ्चार मन्त्रालयमा दर्ता हुन किन चाहेन ?

हेटौँडा |सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई ‘दर्ता नभएको’ भन्दै २६ वटा अनलाइन सेवा बन्द गर्ने निर्णय गरेपछि ठूलो बहस सुरु भएको छ। फेसबुक, युट्युब, गुगललगायतका कम्पनीहरूले नेपालमा…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

ब्लक हुने एप प्रयोगकर्ताबीच सुरक्षित निःशुल्क भीपीएन ‘१.१.१.१’ चर्चामा

हेटौँडा | सरकारले दर्ता नभएका सामाजिक सञ्जाल र एप बन्द गर्ने निर्णय कार्यान्वयन गरेसँगै प्रयोगकर्ताबीच निःशुल्क भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग बढ्न थालेको छ। साइबर सुरक्ष…

इन्फो नेपाल संवाददाता