इन्फो नेपाल — सञ्चारको सञ्जाल

एमालेका उम्मेदवारले बाँड्न लागेको जस्तापाता नियन्त्रणमा

हेटौडा । - निर्वाचन आचारसंहिताविपरीत काम गरेको भन्दै हेटौंडाका एक वडा अध्यक्षका उम्मेदवार विवादमा तानिएका छन् । निर्वाचन नजिकिदै गर्दा हेटौंडा-१८ मा एमालेका वडाध्यक्ष उम्मेदवार अनिल बानियाँले निर्वाचनको आचार-संहित उल्लङ्घन गर्दै वडाको लालभित्ते भन्ने स्थानमा करिब १५ घरधुरीलाई बाड्न लैजादै गरेको करिब २०० थान जस्तापाता नियन्त्रणमा लिइएपछि विवाद सुरू भएको हो । यस अघि पनि सोही वडाका वडाध्यक्ष रहेका बानियाँले चुनाव प्रभाव पर्न जस्ता बाँड्न लागेको भन्दै नेपाली कांग्रेस कार्यकर्ताले जस्ता नियन्त्रणमा लिएका थिए । गत २५ चैतबाट निर्वाचन आचारसंहित लागू भइसकेको अवस्थामा बानियाँले आचारसंहिताविपरीत कदम चालेको कँग्रेस कार्यकर्ताको भनाइ छ । यता नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिका वडा नंबर १८ का वडा अध्यक्ष उम्मेद्वार बाँनियाले निर्वाचनको मुखमा एमालेको नाम जोडेर कांग्रेस कार्यकर्ताहरूले आफूविरुद्ध गलत प्रचार गरेको बताएका छन् । निर्वाचन आचारसंहिता विपरित हेटौंडा १८ को लालभित्ते, सुकौरा, घट्टे खोला क्षेत्रमा जस्तापाता वितरण गर्न लागेको आरोप लागेपछि वडाध्यक्षका उम्मेद्वार बाँनियाले निर्वाचन नजिकिदै गर्दा कांग्रेसले पराजितको मानसिकताले गलत प्रचार गरेको बताए । हेटौंडा १८ का निवर्तमान वडा अध्यक्ष समेत रहेका बानियाँले आफू वडा अध्यक्षमा रहँदा फागुनमा उपभोक्ता समितिमार्फत हेटौंडा १८ को सुकौराको टोलको स्थानीयहरूलाई जस्तापाता लागि बजेट छुट्टाएको बताए । ‘कांग्रेसले अतिरंजित गरेर गलत प्रचार गर्‍यो, हामीले गत असारमै जस्तापाता दिने भनेर निर्णय गर्‍यौँ, फागुनमा उपभोक्तासँग सम्झौता गरेका थियौ । जेठसम्म सम्झौता अवधि रहेको थियो । बाँनियाले भने, 'समितिको अध्यक्ष र कोषाध्यक्षले जस्तापाता आज लैजानुभएछ । जस्ता समातेर एमालेले बाढ्यो भनेर भ्रम फैलाए । यो आरोप गलत हो । खेदजनक छ ।’ उनले आफू वडा अध्यक्ष रहँदा उक्त कार्यक्रमको लागि वडाले पाँच लाख, उपमहानगरपालिकाले ३ लाख र २ लाख उपभोक्ता समितिले उठाएको बताउँदै एमालेको नाम जोडेर निर्वाचनको मुखमा गलत प्रचार गरेको बताए । उनले आफूले वडाको गाउँगाउँमा विकासका लहरहरू ल्याएको दाबी गर्दै भ्रमक हल्ला फिंजाएको बताए । जस्तापाता जिल्ला प्रहरी नियन्त्रणमा लिएको छ । आचारसंहिता उल्लंघन गरेको भन्ने उजुरी आएपछि जस्ता नियन्त्रणमा लिएको तर यसबारे अनुसन्धान बाँकी रहेको जिल्ला प्रहरी प्रहरीले जनाएको छ । फाईल फोटो

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क