इन्फो नेपाल — सञ्चारको सञ्जाल

एम. अधिकारी खोजे हुन्छ, म टर्चको ब्याट्री किनिदिन्छु : केपी ओली

काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले न्यायाधीश, संवैधानिक आयोगका पदाधिकारीदेखि गभर्नरसम्म राजनीतिक दलमा आबद्ध व्यक्ति राख्ने गरिएको स्वीकार गरेका छन् । उनले एमाले अर्थ तथा योजना विभागको सदस्य एम. अधिकारी को हो भन्ने खोज्नका लागि चुनौती पनि दिएका छन् । आइतबार एक कार्यक्रममा बोल्दै ओलीले अर्थमन्त्री जनार्दन शर्माले बजेटमा गरेको अनियमिततालाई लुकाउनका लागि एमालेको अर्थ विभागका एम. अधिकारीको प्रसंग सत्तापक्षले झिकेको पनि आरोप लगाए । 'खोजे हुन्छ; एम. अधिकारी कहाँ छ ? म टर्चको ब्याट्री किनिदिन्छु । एम. अधिकारी को हो म पनि जान्दिनँ,' उनले आफ्नै अर्थ तथा योजना विभागको सदस्य नचिन्ने पनि बताए । एमाले केन्द्रीय विभागमा एम. अधिकारी सदस्य भएको सार्वजनिक भएको थियो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै एम. अधिकारी भएको सार्वजनिक बहसमा आएको थियो । २०७३ सालमा महाप्रसाद अधिकारी एमालेको उक्त विभागको सदस्यमा थिए । खोटाङका अधिकारी छोटकरी नाम उल्लेख गरेर पार्टीको केन्द्रीय विमागमा बसेको भनेर आलोचना भएको थियो । एमाले अध्यक्ष ओलीले भने आफूले पनि एम. अधिकारीलाई नचिन्ने भन्दै खोज्ने भए टर्चको ब्याट्री किनिदिने भन्ने जवाफ दिनुका साथै विगतमा र अन्य निकायमा पनि त्यस्ता व्यक्ति रहेको उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क