इन्फो नेपाल — सञ्चारको सञ्जाल

एसइई परीक्षाको नतिजामा त्रुटि

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिकमा लापरवाही देखिएको छ। बोर्डले बुधबार सार्वजनिक गरेको नतिजामा लापरवाही देखिएको हो। सार्वजनिक भएको प्रदेशगत नतिजाको प्रतिशतमा त्रुटि देखिएको छ। मधेस प्रदेशको नतिजामा ३.६ देखि ४ जीपीए ल्याउने १ हजार ५३१ संख्यामा उत्तीर्ण १५ प्रतिशत लेखेको बोर्डले बागमती प्रदेशमा सोही जीपीए ल्याउने ४ हजार ६०२ संख्यामा उत्तीर्ण प्रतिशत ०.४७८ लेखेको छ। जबकी मधेसको भन्दा बागमतीमा ३.६ देखि ४ जीपीए ल्याउनेको संख्या ३ हजार ३१ ले बढी छ। त्यस्तै गण्डकी प्रदेशमा ३.६ देखि ४ जीपीए ल्याउने ७८४ भएपनि उत्तीर्ण प्रतिशत ०.०८१ लेखिएको छ। क्रमश सोही जीपीएमा लुम्बिनीमा प्रदेशको १ हजार २२० मा ०.१२७ लेखिएको छ। कर्णाली प्रदेशको ११४ मा ०.०१२ लेखिएको छ र सुदुर पश्चिम प्रदेशको १९५ मा ०.०२० लेखिएको छ। नागरिक दैनिक

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क